काठमाडौँ — विवादमा आएपछि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्रबहादुर हमालले पदबाट राजीनामा दिएका छन् । केहीबेर अघि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर हमालले राजीनामा पत्र बुझाएका हुन् ।
नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्र हमाल शुक्रबार पदभार ग्रहण गर्दै । तस्बिर : कबिन अधिकारी/कान्तिपुर
प्रधानमन्त्रीको सचिवालयका अनुसार हमाल राजीनामा पत्र दिएर फर्किएका छन् । सचिवालय स्रोतले भन्यो, ‘उहाँले राजीनामा पत्र बुझाउनु भएको छ । ‘
मन्त्रिपरिषद्मा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको ‘कोटा’ मा हमाललाई मन्त्री बनाइएको भन्दै चौतर्फी विरोध भएपछि उनले राजीनामा दिएका छन् ।
विवादमा आएपछि प्रधानमन्त्री शेरबहदुर देउवाले पनि हमाललाई राजीनामा दिन भनेका थिए ।
हमाल शुक्रबार मात्रै आपूर्ति मन्त्रीमा नियुक्त भएका थिए ।
प्रकाशित मिति : आइतबार, असोज २४ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्