काठमाण्डाै – नेपाली कांग्रेसको १४ औँ महाधिवेशन आउँदो मङ्सिर २४ देखि २६ गतेसम्म काठमाण्डाैमा हुने भएको छ ।
केन्द्रीय निर्वाचन समितिले १४ औँ महाधिवेशनको कार्यतालिका प्रकाशन गरेर मङ्सिर २४ देखी २६ गतेसम्म काठमाण्डौमा महाधिवेशन गर्ने निर्णय गरेको जानकारी गराएको हो ।
निर्वाचन प्रक्रिया भने मङ्सिर २१ गतेदेखि नै सुरु हुने छ । समितिले प्रकाशन गरेको कार्यतालिकाअनुसार सात वटै प्रदेशको अधिवेशन मङ्सिर १६ र १७ गते हुनेछ ।
समितिले बाँकी रहेका वडा तथा गाउँ नगर र जिल्ला अधिवेशनकाे कार्यतालिका पनि सार्वजनिक गरेको छ ।
प्रकाशित मिति : बिहिबार, कार्तिक ११ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्