पहाडी क्षेत्रमा सामान्य बदली, बाँकी क्षेत्रमा मौसम सफा हुने

पहाडी क्षेत्रमा सामान्य बदली, बाँकी क्षेत्रमा मौसम सफा हुने

काठमाडौ ।
आइतबार देशको पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली र बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार हाल नेपालमा उल्लेखनीय मौसम प्रणाली छैन।आज दिउँसो देशका प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा अन्य प्रदेशहरूमा आंशिक बदली रहने छ।

प्रदेश नं १ र गण्डकी प्रदेशका एक वा दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ। साथै प्रदेश नं १ र गण्डकी प्रदेशका हिमाली भू(भागका एक वा दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

आज राति देशका प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा अन्य प्रदेशहरूमा आंशिक बदली रहने मौसम विभागले जनाएको छ।

प्रदेश नं १ र गण्डकी प्रदेशका हिमाली भू-भागका एक वा दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

एक वा दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना साथै प्रदेश नं १ र गण्डकी प्रदेशका हिमाली भू(भागका एक वा दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेकोले सामान्य सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ।

प्रकाशित मिति : आइतबार, कार्तिक २१ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij