काठमाडौं । नेपाल बार एसोसिएसनले सर्वोच्च अदालतमा दरबन्दीबाहेकका सुरक्षाकर्मी हटाउन र सर्वोच्च अदालत र बारबीचको ढोका तत्काल खुल्ला गरी सहज आवागमन गर्ने वातावरण बनाउन सर्वोच्च प्रशासनसँग माग गरेको छ ।
बार महासचिव लिलामणि पौडेलले शुक्रबार विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘अदालतभित्र नियमित दरबन्दीका सुरक्षाकर्मीबाहेक अन्य सशस्त्र प्रहरी प्रवेश तत्काल रोकियोस्, अदालत र बारबीचको ढोका तत्काल खुला गरी सहज आवागमन गर्ने वातावरण बनाइयोस भनि सर्वोच्च अदालत प्रशासनसँग जोडदार माग गर्दछौँ।’
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामाको माग दोहोर्याउँदै बारले अन्यथा बारको धैर्य टुट्न गई उत्पन्न हुने परिस्थितिको जिम्मेवार स्वयं प्रधानन्यायाधीश र अदालत प्रशासन नै हुने चेतवानी दिएको छ ।
बारले आन्दोलन चर्काउँदै गएपछि अदालत परिषरमा सुरक्षा तैनाथी बढाइएको थियो । बारले प्रधानन्यायाधीशलाई सर्वोच्च छिर्न नदिने घोषणा गरेसँगै सर्वोच्चमा शुक्रबारबाट सशस्त्र प्रहरी समेत खटाइएको थियो ।
प्रकाशित मिति : शुक्रबार, कार्तिक २६ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्