जनकपुरमा दुई समूहबीच झडप भएपछि भोलि रातिसम्म निषेधाज्ञा

जनकपुरमा दुई समूहबीच झडप भएपछि भोलि रातिसम्म निषेधाज्ञा

काठमाडौं : धनुषाको जनकपुरधाम नगरपालिका वडा नं २० देवपुरा रुपैठा टोलमा प्रशासनले निषेधाज्ञा जारी गरेको छ।सो क्षेत्रमा साम्प्रदायिक सद्‍भावमा खलल पुग्ने गरी नारा जुलुस गरिरहेको भन्दै जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको हो।

प्रमुख जिल्ला अधिकारी बन्धुप्रसास बास्तोलाले सो क्षेत्रमा कुनै प्रकारका नारा जुलुस, प्रदर्शन, घेराउ, र्‍याली, सभा जस्ता क्रियाकलाप गर्न नपाउने गरी आज दिउँसो २ बजेदेखि निषेधाज्ञा जारी गरेका हुन्।

छठ पर्वमा अर्घ्य दिनका लागि बनाउन लागेको घाटको विषयमा स्थानीय बीच भएको विवादले शनिबार उग्र रूप लिएपछि अवस्था तनावपूर्ण बनेको छ।

प्रमुख जिल्ला अधिकारी बास्तोलाले तेलिया पोखरीमा छठ पूजाको लागि घाट निर्माण गर्ने विषयमा स्थानीयले अवरोध गरेपछि यो विवाद सुरु भएको जानकारी दिए। सोही विषयलाई लिएर शनिबार हिन्दुवादी संगठनको समूह जनकपुरधामको नगर प्रदर्शन गर्दै रुपैठा पुगेपछि अवस्था तनावपूर्ण बनेको हो।

‘प्रहरीले विवादित ठाउँमा नजान आग्रह गरेको भए पनि प्रदर्शनकारी लुकीछिपी त्यहाँ पुगेपछि प्रहरीले रोक्न खोज्दा प्रहरीमाथि नै आक्रमण भयो’ बास्तोलाले भने,‘स्थिति नियन्त्रणमा लिन प्रहरीले कयौँ राउण्ड अश्रुग्याँस प्रहार गरेको छ।’

बास्तोलाका अनुसार झडपको क्रममा सुरक्षाकर्मी र प्रदर्शनकारी गरी ६ जना घाइते भएका छन्। घाइते हुनेमा चार जना सशस्त्र प्रहरी, एक नेपाल प्रहरी तथा एक आन्दोलनकारी महिला छन्।

नेपाल प्रहरीका जवानको मुखमा चोट लागेको छ भने अन्यको अवस्था सामान्य रहेको उनले जानकारी दिए।  धनुषाका प्रहरी उपरीक्षक वसन्त रजौरेले स्थिती पूर्ण रुपमा नियन्त्रणमा आइनसकेको बताए।

केही दिनअघि छठ पर्वमा घाट निर्माण गर्ने विषयमा स्थानीय समुदायले निर्माणमा अवरोध खडा गरेपछि भएको झडपमा चार जना घाइते भएका थिए।

प्रकाशित मिति : शनिबार, कार्तिक २७ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij