तिलोत्तमा-तिलोत्तमा नगरपालिका वडा नं ३ मा बाह्र वटा वाल समूह गठन तथा प्रथम बैठक सम्पन्न भएका छन्। वडामा रहेका बाह्र वटा टोल सुधार समूहमा वडाका प्रतिनिधि हरुले सहजीकरण गरेका थिए। उनीहरुले बाल समूहहरू राई समाज परिवर्तन को अभियानमा सहयोगी बन्न सुझाव दिएका छन्। बालसमूह गठन तथा सहजीकरण निर्देशिका २०७६ मा स्थानीय तहमा सूचिकृत भएका १८ बर्ष भन्दा कम उमेरका बालबालिकाहरुको समूहलाई सहभागी गराएर बाल समूह गठन गर्न सक्ने व्यबस्था छ । निर्देशिकाले बालबालिकाको गठन स्वतन्त्रताको अधिकारलाई प्रभाबकारी कार्यान्वयन गर्ने, बालमैत्री स्थानीय शासनको प्रभाबकारी कार्यान्वयन मा टेवा पुर्याउने, बालमैत्री पूर्बाधार बिकासमा टेवा पुर्याउने लगायतका उद्देश्य राखेको छ । यस्ता खालका बाल समूहहरू टोल , बस्ती वा वडाभित्रका ८ देखि १८ बर्ष उमेर समूहका बालबालिकालाई सहभागी गराएर गठन गर्न सकिने व्यवस्था छ । यी बाल समूहले प्रत्येक समूहमा १५ सदस्यीय समिति तथा अन्य साधारण सदस्य समेत गठन गरेको छ । यसरी गठन भएका समूहको प्रत्येक महिना बैठक बस्नु पर्ने व्यवस्था रहेको वडा सदस्य तेज बहादुर गुरुङले जानकारी दिए ।
प्रकाशित मिति : आइतबार, कार्तिक २८ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्