दलहरूलाई ध्यानाकर्षण पत्र बुझाउँदै नेपाल बार

दलहरूलाई ध्यानाकर्षण पत्र बुझाउँदै नेपाल बार

काठमाडौँ – प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै आएको नेपाल बार एसोसिएसनले आज राजनीतिक दलहरूलाई ज्ञापन पत्र बुझाउने भएको छ । बारका महासचिव लीलामणि पौडेलका अनुसार, संसद्मा रहेका सबै राजनीतिक दलहरूलाई पत्र बुझाइने भएको हो ।

बार प्रधान न्यायाधीश जबराको बर्खास्तीको माग गर्दै आएको छ तर, दलहरूले कुनै कदम चालेका छैनन् । बारले ३० कात्तिकमै दलहरूलाई ध्यानाकर्षण पत्र बुझाउने निर्णय गरेको थियो ।

त्यस्तै, मुलुकभरका अदालतहरूमा कानून व्यवसायीले कालो पट्टिसहित धर्ना र विरोध कार्यक्रमलाई निरन्तरता दिइने महासचिव पौडेलले जानकारी दिए । उनका अनुसार बिहान १० देखि १२ बजेसम्म विरोध सभा गरिने भएको छ ।

बारले मंगलबार विरोध कार्यक्रमअन्तर्गत हदम्याद गुज्रने अवस्थाको अन्तिम म्यादबाहेकको मुद्दा दर्ता नगर्ने र नगराउने निर्णय गरेको छ । बुधबार मुलुकका १८ वटा उच्च अदालत तथा उच्च अदालतका इजलास रहेका स्थानमा वृहत् विरोध सभा गरिने भएको छ ।

प्रकाशित मिति : सोमबार, मंसिर ६ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij