नेकपा (एमाले)को अध्यक्षमा पुनः केपी शर्मा ओली निर्वाचित भएका छन्।मंगलबार भएको निर्वाचनमा भीम रावललाई पराजित गर्दै ओली पुनः निर्वाचत भएका हुन्। एमाले केन्द्रीय निर्वाचन आयोगका अनुसार एक हजार ९२७ मत गणना हुँदा ओलीले एक हजार ७१४ मत प्राप्त गरेका छन्।
निर्वाचनमा दुई हजार ९६ मत खसेका थिए। अहिले १६९ मत गणना भइरहेको छ। एमालेको केन्द्रीय निर्वाचन आयोगले औपचारिक रुपमा विजयी घोषणा गर्न बाँकी छ।ओली यसअघि नवौं महाधिवेशनमा माधवकुमार नेपाललाई थोरै मतान्तरले पराजित गर्दै अध्यक्ष बनेका थिए।वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल निर्विरोध निर्वाचित भइसकेका छन्। सोमबार वरिष्ठ उपाध्यक्षमा उनको मात्रै उम्मेदवारी परेको थियो।
त्यस्तै, महासचिवमा शंकर पोखरेल पनि निर्विरोध निर्वाचित भएका छन्। यससँगै उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमाल निर्विरोध निर्वाचित भएका छन्। सोमबार तीन जना उपमहासचिवका लागि उनीहरूको मात्रै उम्मेदवारी परेको थियो।
प्रकाशित मिति : मंगलबार, मंसिर १४ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्