उत्कृष्ट औद्योगिक पत्रकारिता पुरस्कार पत्रकार खनाललाई

उत्कृष्ट औद्योगिक पत्रकारिता पुरस्कार पत्रकार खनाललाई

नेपाल पत्रकार महासंघ रुपन्देही र रुपन्देही उद्योग संघद्धारा स्थापित उत्कृष्ट औद्योगिक पत्रकारिता पुरस्कार २०७७ बाट पत्रकार दामोदर खनाल पुरस्कृत भएका छन् ।

महासंघको बुधबार बसेको नियमित बैठकमा पुरस्कार मूल्यांकन समितिले पत्रकार खनालाई छनौट गर्ने निर्णयलाई अनुमोदन गरेको थियो । खनाललाई रुपन्देही उद्योग संघले बुधबार एक कार्यक्रमका विच पुरस्कार प्रदान गरेको छ । पुरस्कारको राशि ४४ हजार रहेको छ ।

 

मूल्यांकन समितिमा पत्रकार माधव नेपाल संयोजक, रुपन्देही उद्योग संघका निवर्तमान अध्यक्ष बाबुराम बोहोरा र अर्थविज्ञ मनिकर कार्की सदस्य रहेका थिए ।

दुई दशक भन्दा बढीदेखि सक्रिय पत्रकारितामा रहेका खनाल एभिन्यूज टेलिभिजन लुम्बिनीका व्यूरो चिफ हुन् भने राज्य टेलिभिजन, दृष्टि अनलाइन लगाएतका सञ्चार माध्यममा आवद्ध छन् ।

प्रकाशित मिति : बुधबार, मंसिर १५ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij