प्रस्तावित तीन राजदूतको नाम अनुमोदन

प्रस्तावित तीन राजदूतको नाम अनुमोदन

काठमाडौँ । प्रस्तावित तीन राजदूतको नाम संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको छ । भारत, अमेरिका र बेलायतका लागि प्रस्तावित राजदूतहरूको नाम समितिले अनुमोदन गरेको हो ।

सोमबार संसदीय सुनुवाइ समितिमा सांसदहरूको प्रश्नको जवाफ दिएपछि भारतका लागि प्रस्तावित राजदूत डा. शंकर शर्मा, अमेरिकाका लागि प्रस्तावित राजदूत श्रीधर खत्री र बेलायतका लागि प्रस्तावित राजदूत ज्ञानचन्द्र आचार्यको नाम सर्वसम्मतले अनुमोदन भएको हो ।

गत कात्तिक ११ गते बसेको मन्त्रिपरिषद् बैठकले भारत, अमेरिका र बेलायतका लागि राजदूत सिफारिस गरेको थियो । प्रस्तावित राजदूतहरूको नाम संसदीय समितिबाट अनुमोदन भएपछि उनीहरूलाई राष्ट्रपतिले नियुक्त हुने व्यवस्था छ ।

प्रकाशित मिति : सोमबार, मंसिर २० २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij