बुटवल-मानव अधिकार तथा शान्ति समाज रुपन्देहीले ७३ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाएको छ । समाजले बुटवलको राजमार्ग चौराहामा बिरोध प्रदर्शन गरेर अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाएको हो ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको शीघ्र बहिर्गमनको माग गर्दै आधा घण्टा प्लेकार्ड प्रदर्शन गरेको हो ।मानवअधिकार संरक्षणका लागि स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायालय अत्यावश्यक भएकाले प्रधानन्यायाधीश जबराले शीघ्र राजीनामा दिनुपर्ने, नभए महाभियोग लगाउन पनि समाजले सम्वद्ध सबै दलहरूलाई आग्रह गरेको छ ।
धर्नालाई सम्बोधन गर्दै बार काउन्सिलका सदस्य अधिबक्ता बाबुराम पाण्डेले न्यायालय शुद्धीकरणका अहिलेको आवश्यकता रहेको बताउनुभयो । उहाले न्यायलयको गरिमा बचाउनुपर्ने बताउनुभयो ।
कार्यक्रममा शान्ति समाजका केन्द्रिय सचिव मिना ढकाल,रुपन्देहीका सभापति डिपी खनाल,जिल्ला सचिव कपिल ज्ञवाली लगायतले बोल्दै अदालतबाट लोकतन्त्रको उपहास भैरहेको बताए ।
न्यायालयको संवेदनशील विषयमा नेपालमा दलहरु मौन रहनु उनीहरुको कमजोरी भएको बताएका छन् ।
प्रकाशित मिति : शुक्रबार, मंसिर २४ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्