मौसममा सुधार हुँदै, जाडो भने बढ्ने

मौसममा सुधार हुँदै, जाडो भने बढ्ने

काठमाण्डाै – हिउँदे वर्षा र हिमपातका कारण देशभर चिसो बढेको छ । गएराति पनि देशका धेरै ठाउँमा पानी परेको छ ।

यस्तै, उच्च पहाडी र हिमाली जिल्लामा हिमपात भइरहेको छ । तर, आजदेखि भने क्रमिक रुपमा मौसममा सुधार आउने मौसमविद्ले बताएका छन् ।

काठमाण्डौ उपत्यकासहित देशका धेरैजसो ठाउँमा आजदेखि  मौसममा सुधार आउने मौसमविद् मञ्जु बासीले बताउनुभयो ।

उहाँकाअनुसार पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव कमजोर बन्दै गएकाले आज काठमाण्डौसहित देशका केही ठाउँमा घाम लाग्ने छ । तर पहाडी क्षेत्रमा केही ठाउँमा भने सामान्य बद्ली भइ हल्का पानी पर्ने सम्भावना भने रहेको उहाँले बताउनुभयो ।

यस्तै, उच्च पहाडी तथा हिमाली जिल्लामा हिमपात हुनेछ । यसैबीच, काठमाण्डौको अधिकतम तापक्रम हिजो एकैदिन सात डिग्री सेल्सियसले घटेको छ ।

काठमाण्डौको अधिकतम तापक्रम हिजो ८ दशमलव १ डिग्री सेल्सियसमा झरेको थियो । अस्ति १५ दशमलव २ डिग्री सेल्सियस थियो ।

आज भने दिउँसाे घाम लाग्ने सम्भावना रहेकाले अधिकतम तापक्रम १२ देखि १४ डिग्री सेल्सियस पुग्ने अनुमान गरिएको छ । यस्तै, आज काठमाण्डौको बिहानको न्यूनतम तापक्रम ६ दशमलव ४ डिग्री सेल्सियस मापन गरिएको छ ।

प्रकाशित मिति : बिहिबार, पुष १५ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij