नेपाल राष्ट्र बैंकको प्रतितपत्र (एलसी)सम्बन्धि नयाँ प्रावधानले व्यवसायी मर्कामा

नेपाल राष्ट्र बैंकको प्रतितपत्र (एलसी)सम्बन्धि नयाँ प्रावधानले व्यवसायी मर्कामा

 

बुटवल-विलासिताका मालबस्तुको आयतमा प्रतितपत्र (एलसी) खोल्दा सत्प्रतिशत बैङ्क डिपोजिट गर्नुपर्ने राष्ट्र बैंकको नयाँ प्रावधानको व्यवसायीले विरोध गरेका छन् । नेपाल राष्ट्र बैंकले यो प्रावधान लागु गरेपछि त्यसअगाडि आयात भएका मालबस्तु समेत मन्सार विन्दुमा रोकिएको उनीहरुको भनाई छ ।

बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीमा बुधबार भएको व्यवसायीहरुको छलफलमा उनीहरुले यसको व्यवस्थापनमा भूमिका खेल्न समेत नेपाल बैंकर्स एशोसियसन र नेपाल उद्योग वाणिज्य महासंघलाई आग्रह गरे । नेपाल राष्ट्र बैंकले हालै विलासिताका मालबस्तुको आयातमा एलसी खोल्दा, जती मुल्यको मालबस्तु छ, त्यती नै बैंकका डिपोजिट गर्नुपर्ने गरी नयाँ प्रावधान ल्याएको छ ।

नेपाल राष्ट्र बैंकको यो प्रावधान भन्दा अगाडि एलसी खोलेपछि माल बस्तु आयात गर्न पाईन्थ्यो । नेपाल राष्ट्र बैंकले यो प्रावधान लागु गरेपछि पहिले आयात भएका मालबस्तु समेत भन्सार विन्दुमा रोकिनु व्यबसायीका लागि दुःखद भएका उनीहरुको भनाई छ ।

कार्यक्रममा बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले राष्ट्र बैंकको यो प्रावधानले व्यवसायीलाई समस्या भएको भन्दै यसलाई सहज बनाउन आग्रह गर्नुभयो । उहाँले यसको सहज व्यवस्थापनको लागि महासंघले भूमिका खेल्नुपर्ने बताउँदै त्यसकालागि आफूले महासंघमा पहल गर्ने र बैंकर एशोसियसनलाई पनि भूमिका खेल्न आग्रह गर्नुभयो ।

त्यस विषयमा बुटवल उद्योग वाणिज्य संघका परामर्शदाता तथा सिटिजन्स बैंकका लुम्बिनी प्रदेश प्रमुख प्रदिपकुमार श्रेष्ठ र नविल बैंकका लुम्बिनी प्रदेश प्रमुख कृष्ण थापाले नेपाल राष्ट्र बैंकले विलासिताका बस्तुको आयातमा गरेको प्रावधानका बारेमा व्याख्या गर्नुभएको थियो ।

त्यसै अवसरमा नविल बैंक लुम्बिनी प्रदेशमा हालै आउनु भएका प्रदेश प्रमुख थापालाई संघमा स्वागत समेत गरिएको थियो । बुटवल उद्योग वाणिज्य संघका महासचिव विमलराज भट्टराईको सञ्चालन र कार्यसमिति सदस्य सञ्जय कलवार जयसवालको धन्यवादमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति : बिहिबार, पुष १५ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij