जन्ती जिप दुर्घटना (अपडेट) मृतकको संख्या ८ पुग्यो

जन्ती जिप दुर्घटना (अपडेट) मृतकको संख्या ८ पुग्यो

file photo

दाङ ।

प्यूठानमा बेहुला बेहुलीसहित जन्ती बोकेको जिप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या आठ पुगेको छ।

 

जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक देवीप्रसाद गैरेका अनुसार पाँच महिला र तीन पुरूष गरि आठ जनाको मृत्यु भएको हो।

 

‘अहिलेसम्म अस्पतालमा दुई जनालाई मात्रै ल्याउन सकिएको थियो र अस्पताल ल्याइएका दुबै जनालाई मृत घोषणा गरियो,’ गैरेलेभने, ‘ ६ जनाको घटनास्थलमै मृत्यु भएको थियो। घाइते पाँच जनालाई अस्पताल ल्याइँदै छ।’

 

दुर्घटनास्थल निकै विकटस्थल भएको हुँदा घाइतेको उद्धार गरि अस्पताल ल्याउन ढिलाई भएको प्रहरीले जनाएको छ। मृतक कसैको पनि पहिचान खुलेको छैन। सोही गाडीमा बेहुला बेहुली पनि सवार थिए। बेहुला बेहुलीको अवस्था अझैं खुलेको छैन।

 

नौबहिनी गाउँपालिकाको लुङ बाउनेबाट बेहुली लिएर गौमुखी गाउँपालिकाको लिवाङ जाँदै गरेको ग १ ज ५०९२ नम्बरको जिप ओखरपाटामा शनिबार बिहान ३ बजे दुर्घटनामा परेको थियो।

जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख सत्यनारायण थापाका अनुसार सडकमा पहिरो गएका कारण जिप दुर्घटनामा परेको हो।जिप सडकदेखि ३०० मिटर तल खोल्सामा खसेको छ।

प्रकाशित मिति : शनिबार, माघ २२ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij