बुटवल । बुटवल उपमहानगरपालिका-१२ नयाँगाउँ मिलनचोकमा आज बिहान भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा थप एकजना गम्भीर घाइते भएका छन ।
तीन जना चढेको लु ६० प ३६५२ नम्बरको मोटरसाइकल आज बिहान करिब चार बजे बुटवल उपमहानगरपालिका-१२ नयाँगाउँ मिलनचोकमा अनियन्त्रित भएर पल्टिंदा मोटरसाइकलमा पछाडि सवार गैडहवा गाउँपालिका-९ हात्तीबजारका २० वर्षीय प्रेम रुचाल र सोही ठाउँका २० वर्षीय राहुल थापाको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
उनीहरुको उपचारको क्रममा बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।दर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक २१ वर्षीय बिमल रानाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ
प्रकाशित मिति : मंगलबार, फाल्गुन ३ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्