गौतमबुद्ध विमानस्थलमा फागुन ६ देखि १५ सम्म ‘क्यालिब्रेशन फ्लाइट’ हुने

गौतमबुद्ध विमानस्थलमा फागुन ६ देखि १५ सम्म ‘क्यालिब्रेशन फ्लाइट’ हुने

काठमाण्डौ ।

भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा यही फागुन ६ गतेदेखि १५ गतेसम्म यान्त्रिक परीक्षण उडान (क्यालिब्रेशन फ्लाइट) हुने भएको छ । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको यो विमानस्थलमा १० दिनसम्म यो उडान सञ्चालन हुन लागेको हो ।

प्राधिकरणले आज मङ्गलवार सार्वजनिक सूचना प्रकाशित गरी क्यालिब्रेशन फ्लाइट हुन लागेको जानकारी दिएको हो । उडानको जिम्मेवारी एरोनटिकल रेडियो अफ थाइल्याण्ड ९एरो थाई० ले पाएको छ । एरो थाईको जहाज फागुन ५ गते काठमाण्डौमा रहेको त्रिभुवन अन्तर्राष्टिय विमानस्थलमा अवतरण गर्नेछ । काठमाण्डौबाट भैरहवाका लागि उडान भरेर उडान गर्ने जनाइएको छ ।

गौतमबुद्ध विमानस्थलको भौतिक निर्माण तथा उपकरण जडानसम्बन्धी काम सम्पन्न भइसकेको छ । उडानका समयमा गौतमबुद्ध विमानस्थलमा उडान तथा अवतरण समय ढिलो हुने भएकाले सम्बन्धित वायु सेवा कम्पनी तथा यात्रुलाई पर्न गएको असुविधाप्रति प्राधिकरणले क्षमा मागेको छ । परीक्षण उडानपछि यो विमानस्थमा व्यावसायिक उडान गर्ने तयारी गरिएको छ ।

प्रकाशित मिति : मंगलबार, फाल्गुन ३ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij