सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी

सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी

काठमाडौँ – सत्ता गठबन्धनको बैठक प्रधान मन्त्रीको सरकारी निवास बालुवाटारमा शुरू भएको छ । एमसीसी सम्झौता अनुमोदन गर्ने विषयमा बिहीबार सहमति नजुटेपछि आज फेरि बैठक बसेकाे हाे ।

आजको प्रतिनिधिसभा बैठकमा एमसीसी टेबुल गर्ने सरकारको तयारी छ । साे बैठकअघि एमसीसीमा साझा धारणा बनाउने प्रयासमा सत्ता गठबन्धनका शीर्ष नेताहरुले छलफल थालेका हुन् । एमसीसी अनुमोदन गर्ने भए माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) गठबन्धनमा नबस्ने बताउँदै आएको छ ।

आजै बिहान माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच बिहान खुमलटारमा छलफल भएको छ । प्रचण्ड निवास खुमलटारमा भएको छलफलमा झलनाथ खनाल र नारायणकाजी श्रेष्ठ पनि सहभागी भएका थिए ।

माओवादीले अहिलेको अवस्थामा एमसीसी अगाडि बढाइए सरकार छाड्ने तर समर्थन कायमै राख्ने निस्कर्ष निकालेको छ भने एकीकृत समाजवादीले शनिबार मात्र निर्णय गर्ने भएको छ । शनिबार एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बस्दैछ । जसपाले ठोस निर्णय लिन सकेको छैन । अध्यक्ष यादव माओवादी लगायत दलहरूको निर्णय कुरिरहेका छन् भने संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई पास गर्नुपर्ने पक्षमा छन् ।

एमसीसीले दिएको समयसीमा सकिन १० दिन मात्र बाँकी रहँदा प्रधान मन्त्री शेरबहादुर देउवा तीव्र दबाबमा छन् । गठबन्धनले सहयोग नगरे प्रमुख प्रतिपक्षी एमालेको साथ लिएर अगाडि बढ्ने विकल्पमा पनि उनले गृहकार्य गरिहेका छन् ।

प्रकाशित मिति : शुक्रबार, फाल्गुन ६ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij