काठमाडौं – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विगतमा विभिन्न पार्टीमा रहेका क्रमशः आफ्नो पार्टीमा आउने र केन्द्रीत हुने लहर नै चलेको बताएका छन्।
नेपाली कांग्रेस र नेकपा (एमाले)का करिब दुई दर्जन नेता तथा कार्यकर्तालाई सोमवार माओवादी केन्द्रमा प्रवेश गराउँदै उनले माओवादीप्रति जनताको नयाँ उभार देखिएको दाबी गरे। उनले भने, ‘देशैभरि माओवादी केन्द्रमा फर्किने र प्रवेश गर्ने लहर नै चलेको छ।’
अध्यक्ष प्रचण्डले नवप्रवेशीहरूलाई पार्टीमा उचित जिम्मेवारी दिइने आश्वासन पनि दिए। प्रवेश गर्नेहरुमा रौतहटको मौलापुर नगरपालिकाका एमालेबाट वडा अध्यक्षका प्रत्यासी तथा कार्यपालिका सदस्य कामेश्वरप्रसाद साह कानुसहितका नेता तथा कार्यकर्ता छन्। त्यसैगरी सुदूरपश्चिमबाट नेपाली कांग्रेसमा क्रियाशील सदस्य जयराज भट्ट, व्यवसायी विष्णु भट्ट र विनोदप्रसाद भट्टलगायत माओवादीमा प्रवेश गरेका छन्।
प्रकाशित मिति : सोमबार, फाल्गुन ९ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्