मतदाता परिचयपत्र हराएकाले प्रतिलिपि पाउने, २० गतेभित्र निवेदन दिन आह्वान

मतदाता परिचयपत्र हराएकाले प्रतिलिपि पाउने, २० गतेभित्र निवेदन दिन आह्वान

काठमाडौँ — निर्वाचन आयोगले मतदाता परिचयपत्र हराएको वा कुनै अवस्थाले नासिएको भएमा प्रतिलिपि लिनका लागि निवेदन दिनुपर्ने समय तोकेको छ । आयोगले सोमबार एक विज्ञप्ति जारी गर्दै स्थानीय तह निर्वाचन तयारीको पनि जानकारी दिएको छ ।यसअघि मतदाता परिचयपत्र पाई हराएको, नासिएको वा अन्य कुनै तवरले आफुसँग नरहेको अवस्थामा मतदाताले आफ्नो वडा कार्यालयको सिफारिस सहित प्रतिलिपि परिचयपत्रका लागि सम्बन्धित निर्वाचन कार्यालयमा निवेदन दिन सक्ने व्यवस्था भएकोले सोही बमोजिम मतदाताले मतदाता परिचय पत्र पाउन निर्वाचन कार्यालयमा मिति २०७८ फागुन २० गतेभित्र निवेदन दिन सकिने व्यवस्था मिलाइएको छ आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

मतदाता नामावली अद्यावधिक सूची राजपत्रमा प्रकाशन गर्नका लागि पनि आयोगले प्रक्रिया अगाडि बढाएको अर्यालले जानकारी दिएका छन् ।

आयोगले स्थानीय तह निर्वाचनका लागि आवश्यक पर्ने निर्वाचन सामग्रीको खरिद प्रक्रिया अगाडि बढाएको जानकारी दिएको छ । स्थानीय तह निर्वाचनमा आवश्क पर्ने २३ प्रकारका निर्वाचन सामग्रीको प्रतिस्पर्धाका आधारमा खरिदका लागि बोलपत्रसम्बन्धी सूचना प्रकाशन गरिएको छ ।

दलको स‍ंख्या १०९ पुग्यो

त्यस्तै, निर्वाचन आयोगमा हालसम्म १ सय ९ दल दर्ता भएको पनि सहायक प्रवक्ता आचार्यले जानकारी दिएका छन् । नेपाल कम्युनिष्ट पार्टी गौरवशाली, साझा पार्टी, नेपाल र समावेशी लोकतान्त्रिक पार्टी आयोगमा दर्ता भएसँगै नेपालमा राजनीतिक दलको संख्या १०९ पुगेको आयोगले जनाएको हो ।

स्थानीय तह निर्वाचनमा भाग लिनका लागि १० दलले निवेदन दिएको आयोगले जानकारी दिएको छ । २०७९ बैशाख ३० गतेका लागि घोषणा गरिएको स्थानीय तह निर्वाचनमा भाग लिने प्रयोगजनका लागि दल दर्ता गर्न आयोगले फागुन ५ गते सूचना जारी गरेको थियो । स्थानीय तह निर्वाचनमा भाग लिनका लागि १० दलले निवेदन दिएको आयोगले जानकारी दिएको छ । त्यसरी निवेदन दिने दलहरूमा जनमत पार्टी, मंगोल नेशनल अर्गनाइजेसन, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय नागरिक पार्टी, जनता प्रगतिशील पार्टी, नेपाल, नेपाल लोकतान्त्रिक पार्टी, देशभक्त समाज, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, तराई मधेश लोकतान्त्रिक पार्टी र मौलिक जरोकिलो पार्टी रहेका छन् ।आयोगले फागुन १५ गतेसम्म स्थानीय तहमा भाग लिने दलहरूलाई निवेदन दिन समय छुट्याएको छ ।

 

प्रकाशित मिति : सोमबार, फाल्गुन ९ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij