बुटवल औद्योगिक क्षेत्र उद्योग संघको २० औं वार्षिक साधारणसभा सम्पन्न

बुटवल औद्योगिक क्षेत्र उद्योग संघको २० औं वार्षिक साधारणसभा सम्पन्न

निजि क्षेत्रको क्षमता सदुपयोग गर्न प्रतिवद्ध :मन्त्री खड्का

बुटवल

बुटवल औद्योगिक क्षेत्र उद्योग संघको २० औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाको उद्घाटन गर्दै लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले निजि क्षेत्रसँग रहेको ज्ञान, सीप र क्षमतालाई देशको विकासमा कसरी सदुपयोग गर्न सक्न्छि भन्ने बिषयमा गम्भीर छलफल हुन जरुरी रहेको बताउनु भयो ।

मन्त्री खड्काले निजि क्षेत्रसँग मुलुकको विकासका लागि अपार ज्ञान, सीप र क्षमता रहेको भन्दै उनिहरुसँग रहेको अपार ज्ञान, सीप र क्षमतालाई कसरी देशको विकासमा सदुपयोग गर्न सक्न्छि भन्ने बिषयमा गम्भीर छलफल गरेर समृद्धिको खाका कोर्नुपर्नेमा जोड दिए ।

पछिल्लो समय नेपाल धेरै कुरामा परनिर्भर हुँदै गएको भन्दै मन्त्री खड्काले कुनै समय खाद्यान्न,लत्ताकपडा लगायतमा आत्मनिर्भर रहेको मुलुक किन परनिर्भर हुन पुग्यो भन्ने बिषयमा पनि गम्भीर समिक्षा गर्नुपर्ने बिचार ब्यक्त गरे ।

लामो संघर्ष र बलिदानबाट मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्त भएको स्मरण गदै मन्त्री खड्काले केन्दीय मानसीकता त्याग्न नसकेका कारण संविधानले ब्यवस्था गरेका अधिकार अझैसम्म पनि प्रदेशमा हस्तान्तरण नहुँदा जनताले संघीयताको मर्म अनुरुपको सेवा सुबिधा प्राप्त गर्न नसकेको बताए । औद्योगिकीकरण बीना मुलुक समृद्ध हुन नसक्ने भन्दै उनले सरकार त्यसतर्फ अग्रसर भएको बताए ।

कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य बिष्णु पन्थीले औगोगिक विकास बीना मुलुकको समृद्धि सम्भव छैन भन्ने बुझेर पनि मुलुकमा औद्योगिकमैत्री वातावरण बन्न नसकेको भन्दै उनले भएका उद्योगि ब्यवसायीहरुलाई निरास बनाएर कसरी नयाँ उद्योग थपिन्छन् भनि प्रश्न गरे । उनले मुलुकको समृद्धिका लागि औद्योगिकमैत्री ऐन कानून निर्माण गर्नुपर्नेमा जोड दिए ।

नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघका अध्यक्ष रामहिरा पाठकले स्वदेशी उद्योगको विकास विना मुलुक आत्मनिर्भर बन्न नसक्ने कुरालाई राजनितिक नेतृत्व तथा राज्यले बुझेर पनि बुझ पचाउने काम गरेको आरोप लगाउनु भयो । उहाले राज्यका तमाम नीतिले नेपाली उद्योगीहरु धाराशाही बन्दै गएको उल्लेख गर्दै अब पनि सचेत नबनेमा आर्थिक रुपमा हामी तहसनहस हुने बताउनु भयो ।

कार्यक्रममा नेपाल उद्योग परिसघंका प्रदेश अध्यक्ष एजाज आलमले औद्योगिक क्षेत्रको विकास र त्यहा रहेका उद्योगीहरुको संरक्षणमा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले गम्भिर बन्न नसकेको आरोप लगाउनु भयो ।

सो अवसरमा संघका धारणा राख्दै अध्यक्ष हिरामणी भट्टराईले उद्योग सञ्चालनका लागि जग्गाको कमी भैरहेको बारेमा पटकपटक अनुरोध गर्दा पनि सुनुवाई हुन सकेको गुनासो गर्नु भयो । उहाले सञ्चालनमा नरहेको अवस्थामा धागो कारखानाले ओगटेको जग्गालाई औद्योगिक क्षेत्रमा रहेका उद्योगीहरुले भोग चलन गर्ने गरि आवश्यक व्यवस्था मिलाउन तथा मोतीपुर औद्योगिक क्षेत्रको काम तत्काल अगाडी बढाउन सुझाव दिनु भएको थियो ।

कोराना कहरको अवस्थामा औद्योगिक क्षेत्र व्यवस्थापन लि.मार्फत राज्यले दिने राहात र सहुलियतका कुनै अवसर पाउन नसकेको सो अवसरमा बताउदै कोरोनाले थला परेर भर्खर तंग्रीन लागेको बेला बैंकको व्याजदर बृद्धिले उद्योगी व्यवसायीहरु संकटमा परेको गुनासो गर्नु भयो ।

बुटवल औद्योगिक क्षेत्र उद्योग संघका अध्यक्ष हिरामणी भट्टराइको अध्यक्षता, महासचिव ई. नेत्रनारायण भण्डारीको सञ्चालन तथा उपाध्यक्ष उपेन्द्र अग्रवालको धन्यवादमा भएको कार्यक्रममा संघका पुर्व अध्यक्ष गणेश प्रसाद अधिकारी, रुपन्देही उद्योग संघका अध्यक्ष माधव पौडेल, बुटवल औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका प्रमुख ई. निमेश अधिकारी लगायत बोल्नु भएको थियो ।

सो अवसरमा कपिलबस्तु फाइवर प्रालिलाई संघले सम्मान गरेको थियो । यसै वर्षबाट सुरुवात गरिएको उत्कृष्ठ उद्योग सम्मानपत्र उद्योगका सञ्चालक प्रमोद पोद्दारले ग्रहण गर्नु भएको थियो ।

प्रकाशित मिति : मंगलबार, फाल्गुन १७ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij