कपिलवस्तु ।
कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं. ११ बरवमा नेपाल कम्युनिष्ट पार्टी विप्लप समूहले आफ्नै नेतालाई कालोमोसो र चप्पलको माला लगाएको छ ।विप्लपका नेताले बाणगंगा नगरपालिकाका पूर्व सेक्रेटरी एवम् गुल्मीका मालारानी गाउँपालिकाका विक्रान्त भनिने प्रशान्त वि।क।लाई विभिन्न आरोपमा कालोमोसो र चप्पलको माला लगाएको बाणगंगा नगरपालिकाका नगर सेक्रेटरी शेरमानले बताउनुभयो ।
विक्रान्तलाई पार्टीले २०७६ साल कार्तिकमा बाणगंगा नगरको नगर सेक्रेटरीको जिम्मेवारी दिइएको थियो । जिम्मेवारी पाएपछि उहाँले पार्टीको नाममा विभिन्न ठाँउबाट रकम असुल्ने, परदर्शिता नदेखाउने र रकम हिनामीना गर्ने आरोपमा उहाँलाई सो सजाय दिएको सेक्रेटरी शेरमानले बताउनुभयो ।
उनले साथीभाई संग सरसपाटी लिएको पैसा हिनामिना गरेको आरोपमा उहाँलाई २०७७ साल मै पार्टीले कार्यवाही गरेको उहाँले बताउनुभयो ।
स्थानीय तहको चुनावको तयारी सुरु भएसँगै कपिलवस्तुमा विप्लप समूहका गतिविधि सुरु हुन थालेका छन् ।
प्रकाशित मिति : मंगलबार, फाल्गुन १७ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्