काठमाडौँ – प्रधान मन्त्री शेरबहादुर देउवा र अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनबीच फोनवार्ता भएको छ । नेपालको संघीय संसद्को प्रतिनिधि सभाबाट एमसीसी अनुमोदन भएको दुई दिनपछि विदेश मन्त्री ब्लिन्केनले मंगलबार राति देउवासँग फोनवार्ता गरेका हुन् ।
उक्त फोनवार्ताका क्रममा युक्रेनमाथि रुसको आक्रमणलाई सँगै विरोध गर्नुको साथै आर्थिक विकास र क्षेत्रीय चुनौतीहरूमा मिलेर अघि बढ्ने प्रतिबद्धता गरिएको छ । ब्लिन्केनले एउटा ट्वीटमार्फत् त्यसबारे जानकारी गराएका छन् ।
रुसले युक्रेनमाथि गरेको आक्रमण र युक्रेनको सार्वभौमिकता, भौगोलिक अखण्डताका विषयमा दुई देशले गरेको समर्थनबारे कुराकानी भएको ब्लिन्केनले उल्लेख गरेका छन् । ट्वीटमा ब्लिन्केनले आर्थिक विकास र क्षेत्रीय चुनौतीसम्बन्धी विषयमा मिलेर काम गर्न जारी राख्ने जनाएका छन् ।
नेपालको ऊर्जा र सडक पूर्वाधारका लागि आएको ५०० मिलियन अमेरिकी डलर संसद्बाट फागुन १५ मा अनुमोदन भएको थियो । अनुमोदन भएलगत्तै काठमाडौंस्थित अमेरिकी राजदूतावासले अब एमसीसी सम्झौता कार्यान्वयनको चरणमा अघि बढेको जनाएको थियो ।
प्रकाशित मिति : बुधबार, फाल्गुन १८ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्