नेपाली कांग्रेस तिलोत्तमा ३ संगठन सुदृढिकरण अभियानमा

नेपाली कांग्रेस तिलोत्तमा ३ संगठन सुदृढिकरण अभियानमा

 

तिलोत्तमा।

नेपाली काँग्रेस वडा समिति तिलोत्तमा नगरपालिका–३, रुपन्देहीले वडाका टोल टोलमा पार्टी संगठन सशक्तिकरण र सुदृढिकरण अभियान संचालन गरेको छ ।

पार्टी संगठनको सशक्तिकरण र सुदृढिकरण अभियान मार्फत कांग्रेस जनजनमा जागरण ल्याउन र संगठन विस्तारमा टेवा पुर्याउने उद्देश्यले वडामा क्रियाशिल विभिन्न टोल समितिको साधारण सभा र अधिबेशन गरी नयाँ नेतृत्व चयन गरिएको छ ।

अभियान अन्तर्गत आज बिहीबार जागृति टोल समितिको दोस्रो साधारणसभा र प्रथम अधिबेशन गरी पार्टीको नयाँ नेतृत्व चयन गरिएको छ । अधिबेशनले विमल पोख्रेलको सभापतित्वमा १३ सदस्यीय टोल कार्यसमिति सर्वसम्मत चयन गरेको वडा सचिव नेत्रबहादुर अधिकारीले जानकारी गराउनु भयो । समितिको उपसभापतिमा टोपबहादुर क्षेत्री कोईराला, सचिवमा शालिकराम वस्ती, कोषाध्यक्षमा रितेष गुप्ता र सहसचिवमा संगिता तिवारी रहनुभएको छ । यस्तै सदस्यहरुमा जमुना तिवारी, गिता पौडेल, तारा सुवेदी, निरन्जन ज्ञवाली, रविन कुवँर, राम्रसाद गौतम, ईन्द्र श्रेष्ठ र वालसिंह टण्डन रहनुभएको छ भने समितिको सल्लाहाकारमा ऋषिराम बस्याल, सोमनाथ सुवेदी, प्रा.डा.अनन्त पन्थी, जोखनारायण उपाध्याय, ई.विरेन्द्र प्रसाद र कल्पना आचार्यलाई चयन गरिएको छ ।

टोल कार्य समितिका सभापति विमल पोख्रेलको सभापतित्व र सचिव शालिकराम वस्तीको सञ्चालनमा भएको कार्यक्रममा निर्वाचित कार्यसमितिलाई बधाई ज्ञापन गर्दै पार्टीका नेताहरुले टोल समिति पार्टीको मेरुदण्ड भएकाले समितिले पार्टी संगठनलाई मजवुत वनाउनुका साथै टोल र बस्तीका जनताको समस्या समेत पहिचान गरी त्यसको समाधान गर्न पहल गर्नुपर्ने बताए ।

कार्यक्रममा महासमिति सदस्य चित्र केसी, महाधिबेशन प्रतिनिधि चिरन्जिवी शर्मा पौडेल, निवर्तमान जिल्ला सदस्य हरिप्रसाद तिवारी, क्षेत्रिय सदस्य कर्णबहादुर टण्डन, प्रदेश सहसचिव सनत गौतम, तिलोत्तमा नगर उपसभापति कल्याण पौडेल, नगर सदस्य नारायण क्षेत्री, वडा सभापति केशरी पाण्डे लगायतले बोल्दै सबै मिलेर संगठनलाई मर्यादित, अनुशासित बनाउदै पार्टी नेतृत्वलाई जनता र कार्यकर्ताप्रति जवाफदेही र उत्तरदायी बनाउनुपर्नेमा जोड दिनुभयो । जनअपेक्षा र कार्यकर्ताको भावना बमोजिम पार्टी गतिविधि गर्नुपर्ने र पार्टीका नेता कार्यकर्ताहरुको बोली र व्यवहार सभ्य हुनुपर्ने उहांहरुको भनाई थियो ।

नेपाली काँग्रेस वडा समिति तिलोत्तमा ३ ले वडामा क्रियाशिल १२ वटा टोल समिति मध्ये अहिलेसम्म गौतम बुद्ध टोल, शिव पञ्चाङ्ग टोल, सुनौलो नगर टोल, रम्भादेबी टोल, सिमानगर टोल, शुभ बिहानी टोल, जानकीनगर टोल, उपकार टोल, जागृति टोल र कैलाश टोल समितिको अधिबेशन गरी नयाँ नेतृत्व चयन गरिसकिएको वडा सभापति केशरी पाण्डेले जानकारी गराउनु भयो । आज सांझ उज्यालो टोल र २० गते पशुपति टोलको अधिबेशन गरेर सवै टोल समितिलाई संगठन विस्तार अभियानमा लाग्न आग्रह गरिएको वडा सचिव दिनेश सुवेदीले वताउनु भयो ।

 

प्रकाशित मिति : बिहिबार, फाल्गुन १९ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij