तिलोत्तमाका प्रत्येक घरमा जथाभावी फोहोर नफाल्ने प्रतिबद्धता स्टिकर

तिलोत्तमाका प्रत्येक घरमा जथाभावी फोहोर नफाल्ने प्रतिबद्धता स्टिकर

तिलोत्तमा- रुपन्देहीको तिलोत्तमा नगरपालिकामा सरसफाई अभियानलाई नगरबासीको घर—टोलमा केन्द्रित गर्न थालिएको छ । प्रत्येक घर, व्यवसायिक प्रतिष्ठान, संघ—संस्था, निकायमा जथाभावी फाहोर नगर्ने प्रतिबद्धता सहितको स्टिकर टाँस गरेर नगरपालिकाले सरसफाई अभियानलाई थप प्रभावकारी बनाएको हो । नगरपालिकामा नियमित रुपमा टोल विकास संस्थामार्फत् नियमित रुपमा समुदाय सरसफाई अभियान सञ्चालन हुँदै आएको छ ।
यहीँ अभियानलाई थप प्रभावकारी बनाउँदै सबै नगरबासीलाई थप सचेत गराउन स्टिकर टास्ने कार्य अघि बढाइएको वातावरण शाखाले जनाएको छ ।

नगरपालिकाले टोल विकास संस्था र खानेपानी उपभोक्ता तथा सरसफाई संस्थासँगको समन्व्यमा घर—घरमा सरसफाई गर्ने प्रतिबद्धता सहितको स्टिकर टाँस गर्न सुरु गरेको छ । सार्वजनिक स्थान, विद्युत्पोल, मुख्य चोकहरुमा समेत सचेतना अभिवृद्धिको लागि स्टिर टाँस गरिनेछ । प्रतिबद्धता स्टिकर टाँस गरी सबै घरधनीबाट प्रतिबद्धतापत्रमा हस्ताक्षर गराउने गरी यो अभियान थालिएको हो ।


प्रतिबद्धता स्टिकर टाँसपछि जथाभावी फोहोर गर्नेलाई निरुत्साहित र घर, परिवार, टोल, समुदाय सफा राख्नेलाई पुरस्कृत गरिने नगरस्तरीय टोल विकास संस्था सञ्जालका अध्यक्ष हेमराज पौडेलले बताउनुभयो । उहाँका अनुसार नगरमा रहेका खानेपानी उपभोक्ता संस्थासँगको सहकार्यमा टोल विकास संस्थाहरुले यो अभियान हरेक नगरबासीको घरमा पुर्याउनेछन् ।
यसैक्रममा सोही अभियानको सन्दर्भमा नगरपालिका, सञ्जाल र शंकरनगर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको संयुक्त आयोजनामा बिहीबार वडा नं. १, २, ३ र ४ का टोल सञ्जालका पदाधिकारी तथा खानेपानीका पार्षद्हरुको लागि अभिमुखीकरण कार्यक्रम गरिएको भएको छ । त्यसअवसरमा नगर प्रमुख बासुदेव घिमिरेले टोल विकास संस्था र खानेपानी सेवा क्षेत्रका पदाधिकारीहरुलाई स्टिकर हस्तान्तरण गर्नुभयो ।
कार्यक्रममा नगर प्रमुख घिमिरेले पूर्णसरसफाई उन्मुख नगरपालिकालाई दिगो बनाउन स्टिकर अभियान प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले नगरबासीको सहयोग र सहकार्यले तिलोत्तमाले विभिन्न रचनात्मक काम गरेको बताउँदै यो सरसफाई अभियन्ताहरुप्रति आभार व्यक्त समेत गर्नुभयो । यस्तै खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका प्रमुख गुणानिधी पोखरेलले तिलोत्तमामा निर्माणका क्रममा रहेका खानेपानी आयोजना छिट्टै सम्पन्न हुने क्रममा रहेको बताउँदै आयोजना सम्पन्न हुँदा सबै नगरबासी स्वच्छ खानेपानीको पहुँचमा पुग्ने बताउनुभयो ।


त्यसअवसरमा मुलुककैं उत्कृष्ट खानेपानी आयोजनाको रुपमा शंकरनगर खानेपानी संस्थालाई विभागको तर्फबाट प्राप्त भएको सम्मान पत्र अध्यक्ष झविन्द्र भण्डारीलाई हस्तान्तरण गरिएको थियो । यस्तै टोल विकास संस्था सञ्जाललाई प्रशंसा पत्र प्रदान गरिएको थियो ।
खानेपानी संस्थाका अध्यक्ष झविन्द्र भण्डारीको अध्यक्षता, उपाध्यक्ष डिलबहादुर भट्टराईको स्वागत, सचिव कमला भण्डारीको सञ्चालनमा भएको कार्यक्रममा तिलोत्तमा वडा नं. ३ का वडाध्यक्ष टंकप्रसाद तिवारी, खानेपानी उपभोक्ता महासंघ रुपन्देहीका अध्यक्ष ध्रुव धिताल, नगरस्तरीय टोल विकास संस्था सञ्जालका अध्यक्ष हेमराज पौडेल, नगरपालिकाकी वरिष्ठ सामाजिक परिचालक अल्पा घिमिरे, वातावरण शाखाका गोरखनाथ खनाललगायतले बोल्नुभएको थियो । यसअघि नगरपालिकाले करहिया खानेपानी उपभोक्ता तथा सरसफाई संस्थासँगको सहकार्यमा यस्तै प्रकारको कार्यक्रम गरी स्टिकर टाँस अभियान सुरु भैसकेको छ ।

प्रकाशित मिति : बिहिबार, फाल्गुन १९ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij