संखुवासभामा बस दुर्घटना, ज्यान गुमाउनेको संख्या १४ पुग्यो

संखुवासभामा बस दुर्घटना, ज्यान गुमाउनेको संख्या १४ पुग्यो

file photo

काठमाडौं । संखुवासभामा बस दुर्घटना हुँदा कम्तिमा १४ जनाको मृत्यु भएको छ । संखुवासभाको मादीबाट झापाको दमकतर्फ जाँदै गरेको बस आज (बिहीबार) बिहान साढे सात बजे तिर दुर्घटनाग्रस्त भएको हो ।

दुर्घटना संखुवासभाको मादी नगरपालिका वडा नं. ६ मा पर्ने सातघुम्ती भन्ने स्थानमा भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । गुड्दै गरेको बस अनियन्त्रित भई सडकबाट करिब ३ सय मिटर तल खसेको प्रहरीको भनाइ छ । दुर्घनास्टनास्थलमा उद्धारकार्य जारी रहेको जनाइएको छ ।

दुर्घटनामा मृत्यु भएका १३ जनाको शव निकालिएको प्रहरी नायव उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिएका छन् । उनका अनुसार मृतकको नाम खुलेको छैन । पाँच जना सख्त घाइतेको उद्दार गरिएको छ । स्थानीयका अनुसार बसमा करिब २१ यात्रु थिए । क्षतिको थप विवरण प्राप्त हुन बाँकी छ ।

प्रकाशित मिति : बिहिबार, फाल्गुन २६ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij