चैत २५ गतेदेखि टाइफाइड खोप अभियान सुरु हुँदै

चैत २५ गतेदेखि टाइफाइड खोप अभियान सुरु हुँदै

सरकारले चैत २५ गतेदेखि देशभर टाइफाइड खोप अभियान सुरु गर्ने घोषणा गरेको छ । नेपालमा पहिलो पटक १५ महिना देखि १५ वर्ष मुनिका सबै बालबालिकालाई टाइफाइड खोप अभियान चलाउने तयारी गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

खोप अभियान चैत २५ गतेदेखि बैशाख १८ गतेसम्म चल्नेछ । खोप सञ्चालन हुने स्थान, मिति र समयबारे भने स्थानीय रेडियो, स्वास्थ्य संस्था, वडा कार्यालय र विद्यालयबाट जानकारी गराइने बताइएको छ ।

यो अभियान पश्चात टाइफाइड खोपलाई नियमित खोप कार्यक्रममा समावेश गरिने छ । सरकारले नियमित खोप कार्यक्रममा समावेश भएपछि १५ महिना पुगेका सबै बालबालिकालाई एक डोज टाइफाइड खोप प्रदान गर्नेछ ।

प्रकाशित मिति : आइतबार, चैत्र १३ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij