सर्वाेच्च अदालतमा जनताले ढुङ्गा हान्ने अवस्था आउन दिन्न : प्रस्तावित न्यायाधीश श्रेष्ठ

सर्वाेच्च अदालतमा जनताले ढुङ्गा हान्ने अवस्था आउन दिन्न : प्रस्तावित न्यायाधीश श्रेष्ठ

काठमाण्डाै – सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित तिलप्रसाद श्रेष्ठले अदालतमा जनताले ढुङ्गा हान्ने अवस्था आउन नदिने बताउनुभएकाे छ ।

आज मङ्गलवार सिंहदरबरमा बसेको संसदीय समितिकाे बैठकमा सांसदहरूले साेधेकाे प्रश्नकाे उत्तर दिँदै प्रस्तावित न्यायाधीश श्रेष्ठले यस्ताे बताउनुभएकाे हाे । साथै उहाँले न्याय सेवालाई छिटो, छरितो र पारदर्शी बनाउन आफू केन्द्रित हुने उल्लेख गर्नुभयाे ।

यसैबीच समितिको बैठकले न्याय परिषदबाट प्रस्तावित श्रेष्ठको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ । योग्य, क्षमतावान् र अनुभवी रहेको कुरा सुनवाइको क्रममा पुष्टि भएपछि उहाँलाई सर्वोच्च अदालतको न्यायाधीश पदका लागि गरिएको सिफारिस सर्वसम्मतिले अनुमोदन गरिएको समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो ।

श्रेष्ठलाई गएकाे फागुन २७ गते बसेको न्याय परिषद् बैठकले सर्वोच्च अदालतको न्यायाधीशका लागि सिफारिस गरेको थियो ।

प्रकाशित मिति : मंगलबार, चैत्र १५ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij