बुटवल – भुमिहिन सुकुम्बासी समस्याका सवालमा मंगलबार बुटवलमा सरोकारवालापक्षका विचमा संवाद भएको छ । राष्ट्रिय समस्याका रुपमा रहेको भुमिहिनहरुको विषयमा सरोकारवाला पक्षले सामुहिक रुपमा प्रतिवद्धता जनाए । लुम्बिनी प्रदेश स्तरिय संवाद समुहले बुटवलमा गरेको कार्यक्रमा बोल्दै लुम्बिनी प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा संचार मन्त्री तिलकराम शर्माले भुमिहिनहरुलाई सहज ढंगले व्यवस्थीत गर्न सबै खालको सहकार्यका लागि प्रदेश सरकार तयार रहेको बताए । उनले तिनै तहका सरकार, सरकारले गठन गरेको राष्ट्रिय भुमि आयोग, राजनितिक दल लगायत अन्य सरोकारवाला पक्षविच सहकार्य गरेर भुमिहिनलाई पुर्जा वितरण गर्नु पर्ने बताए । उनले कहि कतै समस्याहरु श्रृजना भए संवाद समुह जस्ता संस्थाहरुको सहयोग लिएर अघि बढ्नु पर्नेमा जोड दिदै मन्त्री शर्माले भुमि आयोगलाई लुम्बिनी प्रदेशका सबै जिल्लामा प्रदेश सरकारको तर्फवाट पुर्ण सहयोग रहने वचतवद्धता जाहेर गरे । उनले स्थानिय सरकारको वढि जिम्मेबारी भएकोले यो विषयमा आयोगसंग सहकार्य गर्न उनले आग्रह समेत गरे ।
कार्यक्रमा प्रदेश सरकारका पुर्व मन्त्री तथा नेकपा एमालेका प्रदेश उपाध्यक्ष भोज प्रसाद श्रेष्ठले आयोगले आग्रह÷पुर्वाग्रह नराखि कार्यक्रम गर्नु पर्नेमा जोड दिए । उनले विगतका आयोगहरुले गरेको कामको समेत स्वमित्व लिर्दै राजनितिक रुपमा संक्रिण सोच नदिन पनि जोड दिए । भुमिहन सुकुम्बासी समस्या राष्टिङय समस्या भएकोले यसको समाधानका लागि आफुहरु प्रतिवद्ध रहेको बताए ।
कार्यक्रममा माओवादी केन्द्रका प्रदेश सांसद दिपा विकले विभिन्न स्थानमा फरक फरक खालका समस्याहरु रहेको भन्दै वस्तुनिष्ट भएर आयोगले काम गर्नु पर्ने बताईन् । विगतमा दलहरुको निर्देशनमा सुकुम्बासीहरु बसालिने गरेको भन्दै उनले अहिले दलहरु यो समसया दृघकालिन रुपमै समाधान होस् भन्ने पक्षमा रहेको बताइृन् ।
कार्यक्रमा राष्ट्रिय भुमी आयोग रुपन्देहीका अध्यक्ष हरि वहादुर आचार्य क्षेत्रीले आफुहरु सरकारले नियुक्त गरेका प्रतिनिधि भएकोले तथष्ट र आग्रह पुर्वाग्रह विना काम गर्ने पक्षमा रहेको बताए । उनले रुपन्देही जिल्लामा देवदह नगरपालिकावाट जग्गा नापचांचको काम भैरहेको भन्दै सबै पालिकामा क्रमश काम हुने बताए । उनले जनताको भावनालाई आत्मसाथ गर्दै काम गर्ने भन्दै उनले भुमिहिनहरुको समस्या समाधानमा लागि स्थानिय सरकार र प्रदेश सरकारवाट पनि सहयोग आवश्यक पर्ने बताए । उनले कतिपय पालिकाहरुले सम्झौता गर्ने, लगायतका काममा ढिलासुस्ति गरेको चर्चा गर्दै उनले जनातलाई पुर्जा दिएर मालिक बनाउने महत्वपुर्ण काममा सबैको साथ र सहयोग आवश्यक रहेको बताए ।
कार्यक्रमा मानवअधिकार तथा शान्ति समाजका केन्द्रिय अध्यक्ष गोविन्द खनाल, वार एशोसिएसनका पुर्व अध्यक्ष महेन्द्र पाण्डे, उपभोक्त हित संरक्षण मञ्चका अध्यक्ष समुन्द्र जिसी, टे«ड युनियन कांग्रेसका प्रदेश उपाध्यक्ष कृष्ण बेल्वासे, लेखक तथा विश्लेषक मनिकर कार्की, आयोगका विज्ञ सदस्य यमलाल तिवारी, निरमाया वोहोरा, ईन्सेक प्रतिनिधि रिमा विसी, यौनिक तथा अल्पसंख्यक समुदायका अगुवा आनिक राना, सिपी खनाल, फुलु सुनार टेक मास्की, रुद्रहरी कुवंर लगायतले यो समस्या राजनितिक समस्या भएको भन्दै राजनितिक रुपमै स्थायी रुपमै समाधान गरिनु पर्ने बताएका थिए । कार्यक्रमको संवाद समुह लुम्बिनी प्रदेशका सहजकर्ता विक्रम खड्का र कपिलवस्तु सहजकर्ता तुल्सीराम यादवले सहजिकरण गरेका थिए ।
प्रकाशित मिति : मंगलबार, चैत्र १५ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्