बुटवल वडा नं १७ मा काँग्रेसले सर्वसहमत छान्यो अध्यक्षको उम्मेद्वार

बुटवल वडा नं १७ मा काँग्रेसले सर्वसहमत छान्यो अध्यक्षको उम्मेद्वार

 

मोतीपुर-स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा नेपाली काँग्रेसले बुटवल उपमहानगरपालिका वडा नं. १७ मा उम्मेद्वार चयन गरेको छ । नेपाली काँग्रेसको आइतबार बिहान भएको वडा भेलाले सर्वसम्मत रुपमा वडाको उम्मेदवार चयन गरिएको हो ।भेलाले ज्ञान बहादुर रेश्मीलाई वडा अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको छ । वडा सदस्यहरुको हकमा भने छलफल गरेर मात्रै टुंगो लगाउने उपशभापती केशव भट्राइले बताए ।

अध्यक्षको उम्मेदवार रेश्मि मगरले अहिले जसरी पनि जीत हात पार्नेगरी काँग्रेस मिलेर अगाडि बढेको बताए । भेलाले जसरी सर्वसम्मत नाम अगाडि सारेको छ, त्यसैगरी चुनावमा पनि एक भएर जाने प्रतिबद्धता व्यक्तm गरे ।

पार्टीका वडा सभापति ओम बहादुर घिमिरे ( बाबुराम ) ले  पार्टीमा अहिले कुनै प्रकारको मनमुटाव नरहेको र सबैले एकमतका साथ सर्वसम्मत उम्मेदवार चयन भएकाले जीत निकाल्न सकिन्छ भन्ने विश्वास बढेको बताए ।

प्रकाशित मिति : आइतबार, चैत्र २० २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij