गुल्मीका बिनिराम सुनारलाई ९८ हजार आर्थिक सहयोग

गुल्मीका बिनिराम सुनारलाई ९८ हजार आर्थिक सहयोग

बुटवल –गुल्मी जिल्लाको धुर्कोट ४ जैसिथोक निबासी विपन्न तथा बहुअपाङ्ग परिवारलाई राहत रकम हस्तान्तरण गरिएको छ । बिनिराम सुनारको नियमित उपचार र जीविकोपार्जनका निमित्त सहयोग स्वरुप संकलित रकम हस्तारण गरिएको हो । गुल्मी जिल्ला धुर्कोट गा.पा.-४ जैसिथोक घर भई हाल बुटवल- ११ दुर्गानगर बस्ने राजकुमार बि.क. को सक्रियतामा ९८ हजार ३६० रुपैयाँ सहयोग रकम एक कार्यक्रमका बिच हस्तान्त्रण गरिएको हो ।सुनार  अपाङग अशक्त र अतिगरीब भयको हुंदा उनलाई जिबिको पार्जनका लागि सहज होस भन्ने उदेश्यले सहयोग रकम प्रदान गरीएको राज कुमार बिकले बताए ।
अभियान अन्तर्गत हाल संम्म संकलीत रकम बुटवलमा अबस्थित बुटवल सुनचांदी व्यबसायिहरुको तर्फ बाट रु ५३ हजार ८६०, देबदह सुनचांदी व्यबसायिहरुको तर्फ बाट रु १७ हजार, सुनवल सुनचांदी व्यबसायिहरुबाट रु १९ हजार ९०० र शिद्धार्थनगर सुनचांदी व्यबसायिबाट रु ७ हजार ६०० गरि कुल रकम रु ९८,३६० स्थानिय पत्रकार, बुद्विजिबीको रोहवरमा हस्तानतरण गएिको हो । सहयोग रकम वुझ्दै सुनारले सहयोग गर्ने साथीहरुलाई धन्यवाद दिएका छन् ।

प्रकाशित मिति : आइतबार, चैत्र २० २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij