बुटवल,
रुपन्देही डेरीव्यवसायी समितिमा आवद्ध व्यवसायीहरुले दुग्धजन्य बस्तुको विविधकरणमा जोड दिएका छन् । कार्यक्रममा बोल्दै रुपन्देही डेरी व्यवसायी समितिका सल्लाहाकार तथा निर्वतमान अध्यक्ष नेत्र प्रसाद पाठकले डेरी व्यवसायीहरुले दुग्धजन्य बस्तु विविधिकरणमा जोड दिए । नयाँ बर्षको अवसरमा शुभकामना आदान प्रदान तथा क्यालेन्डर विमोचन कार्यक्रममा बोल्दै उनले डेरी व्यवसायीहरुले आफै उत्पादनमा समेत जोड दिनुपर्ने बताए । यस्तै सल्लाहकार रामकृष्ण शर्मा ले बोल्दै अव को विकल्प भनेको शुद्ध प्रसोधीत दुध भएको भन्दै यस तर्फ समयमा नै पहल कदमी चाल्नुपर्ने बताए । उनले समयमा नै डेरी व्यवसायीहरु व्यवस्थित हुन आवश्यक रहेको भन्दै सोही अनुसारको योजना निर्माण गरेर लाग्नुपर्ने बताए ।
यस्तै कार्यक्रममा बोल्दै रुपन्देही डेरी व्यवसायी समितिका अध्यक्ष गणेशसिंह भण्डारीले व्यवसायीक हितका लागि एकता आवश्यक रहेको भन्दै सोही अनुसारको कार्ययोजना निर्माण गरेर अगाडी बढ्ने बताएका थिए । उनले सरकारी मापदण्डको पुर्णरुपमा पालन गरेर दुग्धजन्य व्यवासाय गर्नको लागि आग्रह गर्दै विना ईजाजत, दर्ता विना कुनै पनि व्यवसाय सञ्चालन नगर्नको लागि व्यवसायीलाई आग्रह गरे । कार्यक्रममा डेरी एशोसीयसन का केन्द्रीय सदस्य तथा पुर्व प्रदेश अध्यक्ष कृष्ण प्रसाद भट्राई, लेखा समिति संयोजक यम प्रसाद शर्मा, क्यालेन्डर प्रकाशन समिति संयोजक तथा कोषाध्यक्ष कोषाध्यक्ष सञ्जोग श्रेष्ठ, समितिका सचिव पदम प्रसाद पौडेल, प्रेस सल्लाहकार कृष्ण खनाल लगायतले नयाँ बर्ष २०७९ को शुभकामना मन्तव्य राखेका थिए ।
प्रेस सल्लाहकारमा खनाल मनोनित
यसैविच रुपन्देही डेरी व्यसायी समितिको प्रेस सल्लाहकारमा कृष्ण खनाल मनोनित भएका छन् । डेरी व्यवसायी समितिको बैठकबाट बुटवल टुडे दैनिकका बरिष्ठ संवाददाता खनाल सल्लाहकारमा चयन भएका हुन । कृषि प्राविधिक(जेटिए) समेत रहेका खनाल कृषि पत्रकार महासंघ लुम्बिनीका अध्यक्ष समेत हुन ।
प्रकाशित मिति : बिहिबार, चैत्र २४ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्