शंकरनगर दुग्ध उत्पादक सहकारी संस्था लिमिटेड तिलोत्तमाद्धारा अवलोकन भ्रमण

शंकरनगर दुग्ध उत्पादक सहकारी संस्था लिमिटेड तिलोत्तमाद्धारा अवलोकन भ्रमण

शंकरनगर दुग्ध उत्पादक सहकारी संस्था लिमिटेड तिलाेत्तमाले अाफ्ना शेयर सदस्यहरू र कार्यसमिति सदस्यहरूलाई अवलाेकन भ्रमण गराएकाे छ । गत चैत्र अठार गतेदेखि तेईस गतेसम्म लुम्बिनी र गण्डकी प्रदेशका विभिन्न पर्यटकीय साथै विभिन्न संघ संस्थाहरूमा भ्रमण गराएकाे हाे । भ्रमणबाट कृषकहरूले विभिन्न जानकारी लिई कृषि क्षेत्रलाई अझ विस्तार गर्नेछन् भन्ने उदेश्यले साे अवलाेकन भ्रमण गराएकाे सहकारीले जनएकाे छ । वि सं २०४८ सालमा स्थापन भएकाे साे दुग्ध सहकारी विस २०५१ सालमा दर्ता भएकाे हाे । ५२ जना सेयर सदस्य मध्य ४६ जना कृषकहरूलाई गुल्मीका विभिन्न संघ संस्था , बागलुङ , ढाेरपाटन , स्याङ्जा , पाेखराका विभिन्न संघ संस्थाहरूमा अवलोकन गराइएकाे हाे । साे क्रममा स्याङ्जामा रहेकाे सरकारी स्तरकाे कृषि विकास स्राेत केन्द्र अन्तर्गतकाे रेशम खेतीकाे पनि अवलाेकन गराइकाे कृषक पुस्करनाथ पन्थले बताउनुभयाे । साे पाँच दिने अवलाेकन भ्रमणबाट मनाेरञ्जन साथै कृषि सम्बन्धि विभिन्न ज्ञान र जानकारी पाउँदा निकै नै हर्षित भएकाेअर्का अवलाेकनकर्ता नरेन्द्र गिरीले जानकारी दिनुभयाे । साे सहकारीले प्रत्येक वर्ष अाफ्ना सेयर सदस्यहरूलाई अवलाेकन भ्रमण गराउने गरेकाे छ । तिलाेत्तमाकाे वाड नम्बर एकमा कार्यालय रहेकाे साे दुग्ध सहकारीमा तिलाेत्तमाका वाड नम्बर १ ,२, र ३ का कृषकहरूले दुग्ध संकलन गर्ने गर्दछ्न् । त्यहा संकलित दूध स्थानीय स्तरमा र बाहिर समेत बिक्रीवितरण हुँदै अाएकाे सहकारीले जनाएकाे छ ।

प्रकाशित मिति : शुक्रबार, चैत्र २५ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij