राज्यले गर्ने काम समाजले गरेको भन्दै सरकारका प्रतिनिधीद्धारा प्रसंशा

राज्यले गर्ने काम समाजले गरेको भन्दै सरकारका प्रतिनिधीद्धारा प्रसंशा

 

बुटवल २६ चैत

राज्यले गर्ने काम गुल्मेली सम्पर्क समाजले गरेको भन्दै सरकारका प्रतिनिधीहरुले नै समाजको कामको प्रसंशा गरेका छन । समाजद्धारा शनिवार तिलोत्तमाको वनवाटीकामा आयोजना गरेको सराय नाच, वनभोज तथा क्यालेन्डर विमोचन समारोहमा वोल्ने सरकारका प्रतिनिधीहरुले राज्यले गर्नु पर्ने काम समाजले गरेको भन्दै असल कामको थालनीले समाजको महत्व र गरिमा बढेको धारणा राख्नु भयो ।

कार्यक्रममा लुम्बिनी प्रदेशका पूर्व उद्योग तथा पर्यटन मन्त्री लिला गिरीले समाजले गरेका मानविय तथा सामाजिक कामको खुलेरै प्रसंशा गर्नु भयो । उहाँले राज्य पक्षवाट गरिनु पर्ने काम समाजले गरेको भन्दै सराहना गर्नु भयो ।

त्यस्तै तिलोत्तमा नगरपालिकाका नगरप्रमुख बासुदेव घिमिरेले समाजले जेष्ठ नागरिक मिलन केन्द्रको निमार्ण ,श्रृगेश्वर धाम ,तिनाउ तटीय वगरको क्षेत्रलाई सुन्दर पर्यटकीय एबम एैतिहासिक स्थलका रुपामा परिणत गराएर राज्यलाई सहयोग पुराएको धारणाा राखनु भयो । समाजका संस्थापक अध्यक्ष हिरा बहादुर भलामीले समाज स्थापनको महत्व अहिले बढेर गएको महशुष भएको औल्याउनु भयो ।

गुल्मेली सम्पर्क समाज रुपन्देहीका अध्यक्ष डा. नारायण प्रसाद पन्थ महासचिव कृष्ण प्रसाद पोखरेल ,समाजका संस्थापक सदस्य खिमानन्द भट्रराई,श्रृगेश्वर धामका संरक्षक ऋषि भण्डारी लगायतले समाजले गरेका कामको वारेमा प्रकाश पार्नु भएको थियो ।

सोही अवसरमा चैते दशैमा पहाडी जिल्लामा खेलाईने सराराय नाचको समेत प्रदर्शन गरिएको थियो ।

प्रकाशित मिति : शनिबार, चैत्र २६ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij