सैनामैना ।
पर्रोहा बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा डा.तारा प्रसाद गौतम नियुक्त हुनुभएको छ । सैनामैना – ४ मुर्गियास्थित क्याम्पको निवर्तमान क्याम्पस प्रमुख चित्र बहादुर केसीले राजीनामा दिएको करिब एक महिनापछि क्याम्पस प्रमुखमा डा.गौतम नियुक्त हुनुभएको हो ।
क्याम्पस सञ्चालक समितिको बिहीबार बसेको बैठकले डा.गौतमलाई क्याम्पस प्रमुखमा नियुक्त गर्ने निर्णय गरे बमोजिम आइतबार नवनियुक्त क्याम्पस प्रमुख गौतमलाई पदस्थापन गरिएको क्याम्पस सञ्चालक समितिले जनाएको छ । निवर्तमान क्याम्पस प्रमुख के.सीले क्याम्पस प्रमुख गौतमलाई एक कार्यक्रमकाबिच पदभार हस्तान्तरण गर्नुभयो । नवनियुक्त डा.गौतममा तत्कालिन लुम्बिनी भिजन कलेजको क्याम्पस प्रमुख, नेपाल फिलोसोपिकल इन्ष्टिच्युटको डाइरेक्टर,मायादेवी टेक्निकल कलेजको पूर्व एकडेमिक डाइरेक्टर लगायतका शैक्षिक क्षेत्रमा आबद्ध भएर काम गरेको अनुभव छ ।
मानव संसाधन व्यवस्थापन विषयमा पिएचडी गर्नुभएका गौतमले सञ्चालक समितिले विश्वास गरेर आफुलाई दिएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
क्याम्पस प्रमुख छनोट समितिको संयोजकमा लुम्बिनी वाणिज्य क्याम्पसको क्याम्पस प्रमुख प्राध्यापक डा.तारा प्रसाद उपाध्याय हुनुहुन्थ्यो । २०६७ सालमा स्थापना भएको पश्चिम क्षेत्रकै उत्कृष्ट क्याम्पसमा हाल व्यवस्थापन संकाय अन्तर्गत स्नातक तहमा अध्यापन हुँदै आएको छ ।
पदस्थापन कार्यक्रम क्याम्पस सञ्चालक समितिका अध्यक्ष खुसीराम चौधरी, निवर्तमान क्याम्पस प्रमुख चित्र बहादुर केसी, सल्लाहकार मिन प्रसाद पौडेल, प्राध्यापकद्धय जगन्नाथ गौतम, हेमचन्द्र शर्मा लगायतको उपस्थितिमा भएको हो ।
प्रकाशित मिति : आइतबार, चैत्र २७ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्