चुनावका लागि एकीकृत समाजवादीले तोक्यो उम्मेदवारको मापदण्ड र नेताहरूको जिम्मेवारी

चुनावका लागि एकीकृत समाजवादीले तोक्यो उम्मेदवारको मापदण्ड र नेताहरूको जिम्मेवारी

cWoIf g]kfn lgjf{rg cfof]udf sf7df8f}F, ( ebf}M g]kfn sDo'lgi6 kf6L{ -PsLs[t ;dfhjfbL_sf cWoIf dfwjs'df/ g]kfn a'waf/ lgjf{rg cfof]udf bn btf{sf nflu ;gfvt u/]kl5 clejfbg ub}{ . tl:a/M /Tg >]i7÷ /f;;

काठमाण्डाै – नेकपा (एकीकृत समाजवादी) पार्टीले पालिका चुनावका लागि उम्मेदवारको मापदण्ड र नेताहरूको जिम्मेवारी तोकेको छ । आज आइतवार बसेको सचिवालयको बैठकले वैशाख ३० गते हुने पालिका चुनावका लागि मापदण्ड र नेताहरूको जिम्मेवारी टुङ्गो लगाएको हो ।

पालिकाको उम्मेदवार छनोट गर्दा पार्टीका नीति र कार्यक्रमप्रति प्रतिबद्ध रहेको, पार्टीलाई योगदान गरेको र विद्रोहमा भूमिका खेलेकोलाई प्राथमिकता दिइने बैठकको निर्णय छ । यस्तै निष्ठा र अनुशासनमा दृढ रहेको, आर्थिक एवम् नैतिक आचरण राम्रो र नागरिकमा स्थापित एवम् लोकप्रिय हुनुपर्नेछ ।

बैठकले अध्यक्ष माधवकुमार नेपालको संयोजकत्वमा एक सय ११ सदस्यीय चुनाव परिचालन कमिटी पनि गठन गरेको छ । यस्तै बैठकले महासचिव बेदुराम भुसालको संयोजकत्वमा चुनाव परिचालन केन्द्रीय सचिवालय गठन गरेको छ । सचिवालयमा प्रकाश ज्वाला, गङ्गालाल तुलाधर, विजय पौडेल, जगन्नाथ खतिवडा, जीवनराम श्रेष्ठ, विश्वनाथ प्याकुरेल, सोमप्रसाद पाण्डे, केदार सन्जेल, सूर्य खी र द्रोणाचार्य क्षेत्री सदस्य रहेका रहनुभएको छ ।

प्रकाशित मिति : आइतबार, चैत्र २७ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij