सूमधूर वचत तथा ऋण सहकारीद्धारा रक्तदान सम्पन्न

सूमधूर वचत तथा ऋण सहकारीद्धारा रक्तदान सम्पन्न

तिलोत्तमा -रुपन्देहिको तिलोत्तमा १० कान्छीबजारमा अवस्थित सूमधूर वचत तथा ऋण सहकारी संस्था लिमिटेडले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । कान्छिबजारमा आयोजित रक्तदान कार्यक्रममा ४० युनिट रगत संकलन भएको छ ।

कार्यक्रममा संस्थाका संचालक समितिका पदाधिकारीहरु, लेखा सूपरिवेक्षण समितिका पदाधिकारीहरु, विभिन्न उप-समितिका पदाधिकारीहरु, समाज सेवी बूद्धिजिबी, शेयर सदस्यहरु, सम्पूर्ण कर्मचारीहरुलगायतले स्वेच्छिक रक्तदान गरे ।
रक्तदान कार्यक्रममा प्रमुख अतिथि स्वयंसेवी रक्तदाता समाज रुपन्देहीका अध्यक्ष कृष्ण चौहान क्षेत्रीले रक्तदानको फाइदाका बारेमा जानकारी दिनु भएको थियो ।
रक्तदान गर्दा विभिन्न रोगहरुको निशुल्क परिक्षण हुने हुँदा आफैलाई कुनै रोग लागेको भए समयमै जानकारी पाइने र सरिरमा खेर जाने रगतले अर्को मानिसको जीवन बचाउने जस्तो पूण्यकार्य समेत हुने उहाँले जानकारी गराउनु भयो ।
संस्थाका अध्यक्ष किरण कुमार श्रेष्ठ को अध्यक्षतामा सञ्चालित कार्यक्रममा तिलोत्तमा वडा नम्बर १० का अध्यक्ष समून थारु ,सूमधूर वचत तथा ऋण सहकारी संस्थाका पूर्व अध्यक्ष घनसिह पून, सहकारी संस्थाको उपाध्यक्ष सिता न्यौपाने, सहकारी संचालक समिती सदस्य विक्रम के.सी,यूवराज जोगी थारु,देबी प्रसाद पोख्रेल,सूमित्रा श्रेष्ठ,कनै थारु लगायतले बोल्दै सस्थाले गर्ने विभिन्न समाजिक कार्य अन्तरगत यस बर्ष पनि रक्त संकलनलाई प्राथमिकता दिएको बताउनुभयो  ।कार्यक्रम संस्थाका सचिव ओम प्रकास चौधरीको संचालनमा सम्पन्न भएको हो ।

 

प्रकाशित मिति : बुधबार, चैत्र ३० २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij