चितवन – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता साझेदार दलका बीचमा चुनावी गठबन्धनको अन्तिम टुङ्गो भोलिसम्ममा लागि सक्ने बताउनुभएको छ ।
भरतपुर विमानस्थलमा आज बिहान पत्रकारसँग कुराकानी गर्दै उहाँले आजै बेलुकासम्ममा खाका तयार हुने बताउनु भएकाे हाे । उहाँले भन्नुभयो, ‘आज बेलुकासम्म सिफारिस गर्ने भनिएको छ, हामी सम्भवतः भोलिसम्ममा एउटा टुङ्गोमा पुग्छौँ ।’
चुनावका समयमा एउटै पार्टीभित्र समेत विवाद, बहस हुने जनाउँदै उहाँले दलकाबीचमा सहमति हुन समय लाग्नु स्वाभाविक रहेको बताउनुभयो । उहाँले फरक प्रसङ्गमा भरतपुर महानगरका विषयमा पनि छलफल भइरहेको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘केही समस्या हुँदैन सबै टुङ्गिन्छ, आरामसँग टुङ्गिन्छ ।’ पालिका चुनावका लागि उम्मेदवारी सम्बन्धमा गठबन्धनभित्र सकारात्मक छलफल भइरहेको उहाँले बताउनु भयाे ।
प्रकाशित मिति : शनिबार, बैशाख ३ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्