देशभर तापक्रम बढ्ने क्रममा रहेकाले सतर्कता अपनाउन मौसमविदको सुझाव

देशभर तापक्रम बढ्ने क्रममा रहेकाले सतर्कता अपनाउन मौसमविदको सुझाव

काठमाडौं ।

देशभर तापक्रम बढ्ने क्रममा रहेकाले सतर्कता अपनाउन मौसमविदले सुझाव दिएका छन् । खासगरी तराई मधेसका जिल्लाहरुमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेकाले तातो हावा चल्ने र यसले स्वास्थ्यमा प्रतिकूल असर पुर्याउने विज्ञहरुको भनाइ छ ।

मौसमविदहरुका अनुसार लुम्बिनी प्रदेशसहित पश्चिम तराईका जिल्लामा वैशाख ५, ६ र ७ गते तातो हावा चल्ने छ । जल तथा मौसम विज्ञान विभागको रेकर्ड अनुसार हिजो देशका सात स्थानमा अधिकतम तापक्रम ४० डिग्रीभन्दा माथि पुगेको थियो । मौसमविद राजु प्रधानाङ्गका अनुसार हिजो भैरहवाको अधिकतम तापक्रम ४०।४ डिग्री सेल्सियस पुगेको थियो । ‘आज, भोलि र पर्सि पनि तापक्रम हिजोको जस्तै हुने अनुमान छ,’ प्रधानाङ्गले भने ।

गर्मी बढी हुँदा तातो हावा चल्ने र लु लाग्ने सम्भावना बढी हुन्छ । गर्मीको बेला सकेसम्म घर बाहिर ननिस्किने र वृद्धवृद्धा, बालबालिका, गर्भवती तथा दीर्घ रोगीहरुलाई विशेष ख्याल गर्नुपर्ने विज्ञहरु बताउँछन् ।

बिहीबारदेखि भने तापक्रम केही घट्ने अनुमान गरिएको मौसमविद प्रधानाङ्गले बताए । बिहीबारदेखि नै बदली हुने र केही स्थानमा हल्का पानी पनि पर्ने हुँदा गर्मीमा केही राहत मिल्ने छ । ‘तुलनात्मक रुपमा पश्चिमभन्दा पूर्वमा अलि बढी वषर हुने सम्भावना छ,’ उनले भने ।

प्रकाशित मिति : सोमबार, बैशाख ५ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij