बुटवल
नेपाली कांग्रेसले बुटवल उपमहानगरपालिकाको प्रमुख(मेयर) पदको उम्मेद्वारमा खेलराज पाण्डेयलाई सर्वसम्मत सिफारिस गरेको छ । उपप्रमुख (उपमेयर) मा भने ८ जनाको नाम नगर समितिको बैठकले जिल्ला कार्यसमितिलाइ पठाएको हो ।
बुटवलमा कांग्रेस नगर कार्यसमितिको बैठकले १९ वटै वडाका सभापतिसहित कुल ७३ जनाको उपस्थितीमा बिधानसम्बत नाम जिल्लालाइ पठाइएको नगर सचिव छाया पोखरेल बताउनुभयो ।
यस्तै उपमेयरका लागि रिजन श्रेष्ठ, सावित्रा टण्डन,जमुना ढकाल, रिता केसी,रिता सेन ओली, गंगा पन्थी, राधा ज्ञवाली र सविता शाक्यको नाम सिफारिस भएको छ ।
नगरको सिफारिस जिल्ला र प्रदेशले अनुमोदन गर्नुपर्नेछ । एकल नाम सिफारिस भएकाले मेयर पदमा कांग्रेसबाट पाण्डेको उम्मेद्वारी निश्चित भएको सचिव पोखरेलले बताउनुभयो । पाण्डेयसँगै कांग्रेसबाट क्षेत्र न २ का क्षेत्रीय सभापति हरि लम्साल, व्यवसायी महेशमान सिंह,चुन्नु पौडेल लगायत पनि मेयरका आकांक्षी हुनुहुन्थ्यो ।
उम्मेदबार सिफारिस हुनुभएका पाण्डे हाल पार्टीका नगर सभापतिसमेत हुनुहन्छ उहाँ अघिल्लो स्थानीय चुनावमा एमालेका शिवराज सुवेदीसँग करिब २४ सय मत अन्तरले पराजित हुनुभएको थियो ।
नेकपा एमालेले बुटवलबाट अहिलेका मेयर शिवराज सुवेदी, बाबुराम भट्टराई, गोपाल राना, तेजेन्द्र केसी, गोमादेवी आचार्य, सावित्रा अर्याल,सूर्यबहादुर भट्टराई, र रामप्रसाद रेग्मीको नाम सिफारिस गरेको छ ।
प्रकाशित मिति : मंगलबार, बैशाख ६ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्