रिटर्नी फेडेरेशनको सहयोगमा दुवईमा अलपत्र चार नेपालीको उद्दार

रिटर्नी फेडेरेशनको सहयोगमा दुवईमा अलपत्र चार नेपालीको उद्दार

 

तिलोत्तमा -रिटर्नी फेडेरेशन नेपाल तिलोत्तमा नगरको सहयोगमा दुवइमा अलपत्र परेका ४ जना युवाहरूलाई उद्दार गरि नेपाल ल्याइएको छ । तिलोत्तमा नगरपालिका वाड नम्बर १२ का ४ जना युवाहरू करण थारू , विशाल हरिजन , किङ्कु कहर र भोजराज हरिजनलाई सो संस्थाको पहलमा विभिन्न माध्यमबाट आइतबार उद्दार गरिएको हो । ती युवाहरू २ वर्ष अगाडि जेजे होमङ नामक मेनपावरबाट दुवईमा सरसफाई कामदारको रूपमा गएका थिए । पछिल्लो समय कोभिडका कारण उनीहरूले काम गर्ने कम्पनी अल खिलाल अल समालले तलब नदिएको उनीहरूको गुनासो छ । कम्पनीसँग बारम्बार तलब माग्दा पनि तलब पाउन सकेनन् । बारम्बार तलब मागेकै कारण र तलब दिन नसकी उनीहरूले गलत काम गरेको भन्ने झुटो बाहाना बनाई व्ल्याक लिस्टमा नाम राखेको र सो कम्पनी भागेको पीडित किङ्कु कहारको भनाइ छ । व्ल्याक लिस्टमा नाम परेको कारण उनीहरूलाई सरकारी मुद्दा लागेको र अलपत्र परेको पीडित विशाल हरिजनले बताएका छन् । खाने बस्ने समस्यामा परेका पीडितको घरपरिवारले सो संस्थासँग उद्दारका लागि आग्रह गरेको नगर अध्यक्ष सन्तोष अर्यालले जानकारी दिनुभयो । पीडित घरपरिवारको आग्रहअनुसार दुबईमा रहेका विभिन्न नेपाली संघ संस्थाको सहयोगमा खाने र बस्नेको समेत टुंगो लगाएको अध्यक्ष अर्यालको भनाइ छ ।


उहाँका अनुसार दुताबास र नेपालको श्रम तथा रोजगार मन्त्रालयसँग विभिन्न माध्यम मार्फत दुई महिनाको अवधिमा उनीहरूको उद्दार गरिएको अध्यक्ष अर्यालले बताउनुभयो । यसरी आफूहरूलाई उद्दार गरी नेपाल ल्याइपुर्याएको उनीहरू हर्षित भएका छन् । पीडित करण थारूले रिटर्नी फेडेरेशनको सहयोगले नेपाल आएर नयाँ जीवन पाएको महसुस भएको बताउनुभयो । त्यसतै पीडित भोजराज हरिजनले अब जे गर्नु परे पनि आफ्नै देशमा गर्ने र अन्य नेपालीहरू सकेसम्म विदेश नजाउन भन्ने चाहेको बताउनुभयो । त्यसैगरी रिटर्नी फेडेरेशन नेपाल तिलोत्तमा नगर अध्यक्ष सन्तोष अर्यालले विदेशमा अलपत्र परेका आफ्ना छिमेकी दाजुभाइलाई सहयोग गर्न पाउँदा धेरै खुसी लागेको बताउनुभयो । यदी कोही विदेशी भूमिमा अलपत्र पर्नुभएको छ भने संस्थालाई जानकारी गराउन आग्रह गर्नुभयो । साथै पीडितलाई उद्दार गर्ने क्रममा साथ दिने विदेशमा रहेका विभिन्न नेपाली संघसंस्थाका नेपाली दाजुभाइ दिदीबहिनीलाई धन्यवाद व्यक्त गर्नुभएको छ ।

प्रकाशित मिति : बिहिबार, बैशाख ८ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij