कांग्रेस तिलोेत्तमा ५ मा तिवारीको संयोजकत्वमा ६०१ सदस्यीय मुल प्रचार प्रसार समिति गठन

कांग्रेस तिलोेत्तमा ५ मा तिवारीको संयोजकत्वमा ६०१ सदस्यीय मुल प्रचार प्रसार समिति गठन

तिलोेत्तमा -आसन्न स्थानिय तहको निर्वाचन नजिकिए सगै निर्वाचन सम्बन्धी गतिविधिहरुले पनि तिब्रता पाउन थालेका छन् ।यसै मेसोेमा नेपाली कांग्रेस तिलोेत्तमा वडा न.५ को कार्यसमिति,क्षेत्रीयप्रतिनिधि,क्रियाशिल सदस्य,सल्लाहकार समितिको संयुक्त बैठकले विभिन्न निर्णयहरु गरेको छ । बैठकले श्यामसुन्दर तिवारीको संयोजकत्वमा ६०१ सदस्यीय मुल प्रचार प्रसार समिति गठन गरेको छ । त्यस्तै हरि कंडेल संयोजक रहेको ११ सदस्यीय मूल्याङकन,अनूगमन तथा समन्वय समिति तथा ऋषिराम कंडेल संयोजक रहेका १५ सदस्यीय आर्थिक समिति गठन गरेको छ । त्यसै गरि संजिव बस्याल संयोजक रहेको ५ सदस्यीय कानुनी परामर्श समिति तथा बाबुराम भण्डारी संयोजक रहेको ५सदस्यीय सचिवालय गठन गरेको छ । भेलाले श्यामसुन्दर तिवारी संयोजक रहेको १५सदस्यीय कार्य सम्पादन समिति, गोविन्द बन्जाडे संयोजक रहेको ३१सदस्यीय युवा परिचालन समिति गठन गरेको छ त्यसै गरि ७ सदस्यीय स्थानिय चुनाव सल्लाहकार समिति समेत गठन गरेको छ उक्त बैठकले वडा अध्यक्षका उमेदवार रमेश डुम्रे,वडा सदस्य हरि पन्थ, महिला सदस्य धर्मादेवि न्यौपाने, महिला दलित तर्फ प्रमिला सुनार र सदस्य हिरा गिरी लाई जितका लागि शुभकामना समेत दिएको थियो ।

प्रकाशित मिति : बुधबार, बैशाख १४ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij