तिलाेत्तमा
तिलाेत्तमाकाे केन्द्र वाड न ५ मणिग्राम क्षेत्र र वरपर नेपाली कांग्रेसल विशाल उपस्थितिमा दैनिक जसाे घरदैलो गरिरहेकाे छ । आफूले खाेजेका उमेदवारलाई अाफ्नै घरदैलोमा भेटेर अाफ्ना सुखदुःख साट्न पाउँदा मतदाताहरु पनि निकै उत्साहित बनेका छन् । वर्षाैंदेखि वर्षको समयमा डुबानको समस्याबाट पिडित बनिरहेका मणिग्रामबासी रमेश डुम्रे नेतृत्वको टिमले अाफ्नाे प्रतिबद्धता पत्र सार्वजनिक गरेसंगै अब अाफूहरू अाशावादि बनेकाे बताएका छन् । प्रतिबद्धता पत्रमा कांग्रेसले नयाँमिल मणिग्रामदेखि शंकरपुरकाे कुलो चाैडा र पक्की गर्ने र मणिग्राम बजार क्षेत्रभित्रका सबै सडक तथा नालिहरुकाे दीर्घकालीन साेंच बनाई पक्की बनाउने र स्तर उन्नति गर्ने भनेसंगै तिलाेत्तमाकाे ५ नम्बर वडाबासी खुलेर डुम्रेकाे पक्षमा लागेका छन् । युवा अनि जुझारु टीमसहित चुनावी मैदानमा उत्रिएको टिम अाफै पनि निकै उत्साहित देखिएको छ । हरेक दिन हुने घरदैलोमा पाएकाे माया,ममता र अाशिर्वादले अब जित पक्का भएकाे र अाैपचारिकताका लागि मात्र बैशाख ३० पर्खिनु पर्ने वडाध्यक्षका प्रत्यासी रमेश डुम्रेकाे दावि छ । वडा न ५ बाट अध्यक्षमा रमेश डुम्रे संगै सदस्यहरुमा धर्मादेवि न्याैपाने,हरि पन्त , प्रमिला सुनार र हिरा गिरि चुनावी मैदानमा हुनुहुन्छ ।
प्रकाशित मिति : सोमबार, बैशाख १९ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्