तिलोत्तमा-रुपन्देहीको तिलोत्तमा नगरपालिकामा नेकपा एमालेका निर्वाचन परिचालन कमिटि सदस्य नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
नेकपा एमाले तिलोत्तमा निर्वाचन परिचालन कमिटि सदस्य घनलाल अधिकारी सहित विभिन्न वडाबाट ७ सय ३९ जनाले एमाले सहित अन्य पार्टी परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् । बिहिवार रुपन्देहीको तिलोत्तमामा आयोजित बृहत आमसभामा उनीहरु कांग्रेस प्रवेश गरेका हुन् ।
नवप्रवेशीलाई नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा, केन्द्रिय सदस्य पुष्पा भुसाल लगायतले पार्टी सदस्यता प्रदान गरि पार्टी प्रवेश गराएका थिए ।
प्रकाशित मिति : बिहिबार, बैशाख २२ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्