जजिरा एयरवेजको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो अवतरण

जजिरा एयरवेजको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो अवतरण

लुम्बिनी- कुवेतको जजिरा एयरवेजले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो अवतरण गरेको छ।

नेपाली समय अनुसार सोमबार बिहान २ बजेर ३० मिनेटमा कुवेतबाट उडान भरेको जजिरा बिहान ७ बजेर ७ मिनेटमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो। जहाजमा ६८ जना सवार थिए।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको प्रधानमन्त्री शेरबहादुर देउवाले अहिले केहीबेरमा शुभारम्भ गर्दैछन्। प्रधानमन्त्री देउवा विमानस्थल आइपुगेका छन्।

जजिराले बुद्ध जयन्ती अवसर पारेर सोमबारदेखि नियमित रूपमा कुवेत(भैरहवा(कुवेत  उडान गर्नेछ।

हालै निर्माण सम्पन्न भएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा पहिलो अन्तर्राष्ट्रिय व्यवसायिक उडान अनुमति लिएको जजिरा एयरले अहिलेको लागि हप्ताको ३ दिन उडान गर्नेछ।

भैरहवाबाट सोमबार, बुधबार र शुक्रबार बिहान २:३० बजे उडान हुनेछ भने कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा बिहान ५:१५ अवतरण हुनेछ।

त्यसैगरी, कुवेतबाट मंगलबार, बिहीबार र शुक्रबार साँझ ६:३० बजे उडान हुनेछ भने भैरहवामा बिहान १:४५ बजे अवतरण हुनेछ।

प्रकाशित मिति : सोमबार, जेष्ठ २ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij