बुटवल-रुपन्देहीको सियारी गाँउपालिकामा नेपाली काँग्रेस विजयी भएको छ । सियारीको अध्यक्षमा नेपाली काँग्रेसका थानेश्वर घिमिरे र उपाध्यक्षमा काँग्रेसकै तारा थारु विजयी भएका छन ।
घिमिरेले १० हजार ४५ मत ल्याएर गाँउपालिका अध्यक्षमा निर्वाचित भएका हुन । उनले नेकपा एमालेका अयोध्या थारुलाइ २ हजार ७७७ को मतान्तरले पारजित गर्दै विजयी भएका हुन । एमालेबाट अध्यक्षका उम्मेदवार थारुले जम्मा ७ हजार २६८ मत ल्याएका छन । गाँउपालिका उपाध्यक्षमा काँग्रेसकै तारा थारुले ८ हजार ९९० मत सहित विजयी भएकी हुन । उनकी निकटतम प्रतिश्पर्धी नेकपा एमालेकी अमृता गुरुङले ७ हजार २६९ मत पाएकी थिइन ।
प्रकाशित मिति : शुक्रबार, जेष्ठ ६ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्