काठमाण्डाै – सत्तारूढ पाँच दलीय गठबन्धनले बाँकी रहेका पालिकाहरूको कार्यपालिका सदस्यको चुनावमा गठबन्धन गरी अगाडि बढ्ने निर्णय गरेको छ । आज सोमवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकपछि बोल्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले ७७ वटा जिल्ला समन्वय समिति र बाँकी रहेका पालिकाहरूको कार्यपालिका सदस्यको चुनावमा पाँच दलीय गठबन्धनको बीचमा सहमति गरी अगाडि बढ्न आ–आफ्ना दलका प्रदेश र जिल्ला समितिहरूलाई निर्देशन गर्ने निर्णय गरेको बताउनुभयो । उहाँले गठबन्धन देशको आवश्यक्ता भएकोले आवश्यक्ता पूरा नहोउन्जेलसम्म कायमै रहने बताउनुभयो । मन्त्री कार्कीले संविधानको परिकल्पना गरेको समयसीमाभित्र नै आवधिक चुनाव हुने पनि स्पष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो, ‘७७ वटा जिल्ला समन्वय समिति र बाँकी रहेका पालिकाहरूको कार्यपालिका सदस्यको चुनावमा पाँच दलीय गठबन्धनको बीचमा सहमति गरी अगाडि बढ्न आ–आफ्ना दलका प्रदेश र जिल्ला समितिहरूलाई निर्देशन गर्ने निर्णय भएकाे छ । आउँदा दिनमा देशकाे राजनीतिक स्थिरता, विकास र समृद्धिका विरुद्ध गठबन्धनको आवश्यक्ता रहेको कुरामा छलफल भएको छ । आवधिक चुनाव संविधानले परिकल्पना गरेको समयमा सम्पन्न हुनेछन् । देशकाे आवश्यकताअनुसार गठबन्धन छ र आवश्यकता रहुन्जेलसम्म गठबन्धन रहन्छ ।’
त्यस्तै नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पालिका चुनावका बारेमा बैठकमा छलफल भएको बताउनुभयो ।
प्रकाशित मिति : सोमबार, जेष्ठ १६ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्