तिलोत्तमा
नवनिर्वाचितवडाध्यक्षले सेवा प्रवाहमा लार्पबाही गरेपछिे तिलोत्तमा नगरपालिका वडा नम्बर १ को कार्यालयमा तालाबन्दी भएको छ ।
अत्यावश्यक कामसमेत नभएको भन्दै सेवाग्राहीले मंगलबार वडा कार्यालयमा तालाबन्दी गरेका हुन् । वडाध्यक्ष फर्सुराम गिरी कसैलाई पनि कार्यवाहकको जिम्मेवारी नदिई वडामा अनुपस्थित भएको र फोन गर्दा समेत सम्पर्क नभएपछि आफूहरुले बाध्य भएर वडा कार्यालयमा तालाबन्दी गरेको सेवाग्राही चिरञ्जीवी देवकोटाले बताउनुभयो ।
गिरि एमालेबाट निर्बाचित वडाध्यक्ष हुनुहुन्छ । उहांले आफु चौकिल्ला बनाउनका लागी शुक्रबार, सोमबार र मंगलबार गरी ३ दिनसम्म वडा कार्यालयमा पुग्दासमेत वडाध्यक्ष र कुनै पनि सदस्य उपस्थित नभएपछि काम नबनेको भन्दै फोनसमेत नउठेको बताउनुभयो ।
म जस्ता धेरै वडामा काम लिएर गएका थिए,उहाले भन्नुभयो –‘फोन उठे वडाध्यक्ष भएकै ठाउमा गएर काम गराउछौं, भन्दा फोन नै उठ्दैन, त्यसैले ताला लगाइदियौं’ ।
कार्यपालिका निर्वाचनको तयारी भएको र अर्काे पार्टीले मत चोर्न सक्ने भएकाले लागि रुपन्देहीमा जनप्रतिनिधि भूमिगतको स्रोतको भनाइ छ ।
प्रकाशित मिति : बुधबार, जेष्ठ १८ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्