पचास हजार राशीको ‘उत्कृष्ट पत्रकारिता पुरस्कार’ जिसी, आचार्य र भुसाललाई

पचास हजार राशीको ‘उत्कृष्ट पत्रकारिता पुरस्कार’ जिसी, आचार्य र भुसाललाई

रुपन्देही

नेपाल पत्रकार महासंघ रुपन्देहीले प्रदान गर्ने ‘उत्कृष्ट पत्रकारित पुरस्कार’ प्रदान गर्न पत्रकार छनौट गरिएको छ । महासंघ रुपन्देहीको मंगलबार बसेको सचिवालय बैठकले उत्कृष्ट पत्रकारिता पुरस्कार–२०७५, २०७६ र २०७७ लागि पुरस्कृत गर्ने पत्रकारहरु छनौट गरेको हो ।
पुरस्कार मुल्यांकलन समितिले गरेको सिफारिसका आधारमा महासंघ रुपन्देहीले उत्कृष्ट पत्रकारिता पुरस्कार–२०७५ पत्रकार यानेन्द्र जिसी, २०७६ रामप्रसाद आचार्य र २०७७ पत्रकार रेशा भुसाललाई प्रदान गर्ने निर्णय गरिएको महासंघ रुपन्देहीका सचिव विनोद परियारले जानकारी दिनुभयो ।
महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेलको अध्यक्षतामा बसेको बैठकले लुम्बिनी दैनिकका सल्लाहकार सम्पादक जिसी, दैनिक पत्रका प्रवन्ध सम्पादक आचार्य र नारिक दैनिककी रुपन्देहीकी संवादाता भुसाललाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।
बुटवल उपमहानगरपालिकाको आर्थिक सहयोगमा स्थापित उक्त पुरस्कारको राशी ५० हजार रुपैंया रहेको छ । पुरस्कार केही दिनमा बिशेष समारोह आयोजना गरी वितरण गरिने महासंघ रुपन्देहीका अध्यक्ष पोख्रेलले बताउनु भयो ।
कोरोना महामारीका कारण रोकिएको तीन वर्षको यो पुरस्कार मुल्यांकनको लागि पूर्व अध्यक्ष विनोद पहाडी संयोजक तथा सदस्यहरुमा सल्लाहकार खिमानन्द भट्टराई र भगवती पाण्डे रहेको तीन सदस्यीय समिति गठन गरिएको थियो ।

प्रकाशित मिति : मंगलबार, असार ७ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij