प्रभावकारी ढंगले सदन अघि बढाउँछु : उपसभामुख भुसाल

प्रभावकारी ढंगले सदन अघि बढाउँछु : उपसभामुख भुसाल

काठमाडौँ – नवनिर्वाचित प्रतिनिधिकी उपसभामुख पुष्पा भुसाल गौतमले सदनलाई प्रभावकारी ढंगले अघि बढाउन भूमिका खेल्ने बताएकी छन्।

शीतल निवासमा आयोजित समारोहमा सभामुख अग्निप्रसाद सापकोटाबाट पद तथा गोपनीयताको शपथ लिएलगत्तै सिंहदरबार पुगेर पदबहाली गर्दै उनले यस्तो बताएकी हुन्।

‘संविधानले उपसभामुखबाट अपेक्षा गरेको भूमिकामा इमान्दारीपूर्वक काम कारवाही अघि बढाउनेछु र सदनलाई पनि अत्यन्त प्रभावकारी ढंगबाट अगाडि बढाउन मेरो प्रयास रहन्छ‚’ उनले भनिन्।

प्रतिनिधिसभाको ५ वर्षको कार्यकाल सकिन ३/४ महिना मात्रै बाँकी छ। यो समय आफ्नो लागि अत्यन्त महत्वपूर्ण रहने उनको भनाइ छ।

पाँचदलीय गठबन्धनबाट शुक्रबार उपसभामुखमा निर्वाचित भएकी भुसालले आज शपथ लिएर पदभार ग्रहण गरेकी हुन्।

नेकपा एमालेकी विद्या भट्टराईलाई पराजित गर्दै उपसभामुख बनेकी भुसालले अब संसदीय प्रक्रियामा भूमिका निर्वाह गर्नेछिन्।

प्रकाशित मिति : आइतबार, साउन १ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij