सैनामैना ।
सैनामैना –४ मुर्गियास्थित पर्रोहा बहुमुखी क्याम्पसले नगरमा रहेका विभिन्न सामाजिक संघ संस्था एवम् जनप्रतिनिधीसँग छलफल तथा अन्तरक्रिया कार्यक्रमलाई अघि बढाएको छ । क्याम्पसले मंगलबार सैनामैनाका निर्वाचित नगर प्रमुख फणेन्द्र प्रसाद शर्मा, उपप्रमुख विना राना, वडाध्यक्ष एवम् सदस्यहरुसँग छलफल गरेको छ ।
जस अन्तर्गत क्याम्पसले सैनामैना नगरपालिकासँग आगामी वर्षमा एमओयु मा उल्लेखित विषयमा सहकार्य गर्ने गरी पालिकाका जनप्रतिनिधी र क्याम्पस सञ्चालक समितिबिच सम्झौता गरि पत्र आदानप्रदान गरिएको जनाइएको छ ।
सो अन्तरक्रियामा बोल्दै सैनामैना नगरपालिका प्रमुख फणेन्द्र प्रसाद शर्माले सैनामैना नगरपालिकामा रहेका सामुदायिक क्याम्पसको भौतिक, शैक्षिक एवम् आर्थिक रुपमा सबल बन्नका लागि पालिकाले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले यस क्षेत्रमा स्नातक तहमा अध्यापन हुने दुई क्याम्पस रहेको बताउँदै यि क्याम्पसका लागि पालिका सदैव सहयोग गर्न तयार रहेको बताउनुभयो ।
शर्माले आगामी दिनमा क्याम्पसमा थप संकायहरु थप्न सकिने र समस्याहरुलाई कसरी समाधान गर्न सकिन्छ विषयमा पनि सञ्चालक र क्याम्पस प्रशासनले चासो दिनुपर्ने बताउनुभयो ।
विशिष्ठ अतिथि उपप्रमुख विना रानाले आजको आवश्यकता शिक्षा नै भएकोले गुणस्तरीय शिक्षा प्रदान गर्नुपर्नेमा जोड दिनुभयो ।
सञ्चालक समितिका अध्यक्ष खुसीराम चौधरीले क्याम्पसको वर्तमान अवस्थाबारे जानकारी गराउँदै सम्भावना र चुनौतीका विषयमा जानकारी गराउनुभएको थियो ।
क्याम्पस प्रमुख डा.तारा प्रसाद गौतमले हाल क्याम्पसमा विश्वविद्यालय अनुदान आयोगले प्रदान गर्ने गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्युएए) प्राप्त गर्ने प्रक्रिया अघि बढिसकेको बताउनुभयो । गौतमले पालिकाले ३ वटा प्रोजेक्टर प्रदान गरि शिक्षालाई प्रविधिसँग जोड्ने प्रयास गरेकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा समेत सहयोग र सहकार्य आवश्यकता रहेको बताउनुभयो ।
अन्तरक्रिया कार्यक्रम क्याम्पस सञ्चालक समितिका अध्यक्ष खुसीराम चौधरीको अध्यक्षता, सैनामैना नगरप्रमुख फणेन्द्र प्रसाद शर्माको प्रमुख आतिथ्यता, उपप्रमुख बिना रानाको विशिष्ठ आतिथ्यता तथा वडा नं. ३ का वडाध्यक्ष तम बहादुर पूर्जा, वडा नं. ८ का वडाध्यक्ष बुद्धिराम चौधरी, कार्यपालिका सदस्य सुरज बराल, वडा नं. ३ का वडा सदस्य रोहीणी प्रसाद चौधरी सञ्चालक समिति मिन प्रसाद पौडेल, नेपाली कांग्रेसका नगरसचिव अर्जुन पौडेल, प्राध्यापक संघका अध्यक्ष जगन्नाथ गौतम लगायतको आतिथ्यतामा सम्पन्न भएको हो ।
सो अन्तरक्रिया कार्यक्रममा सैनामैना नगरपालिकाका निर्वाचित जनप्रतिनिधीलार्ई स्वागत गर्दै सम्मान गरिएको थियो । सो कार्यक्रममा जनप्रतिनिधी, क्याम्पस सञ्चालक समितिका पदाधिकारी लगायतको सहभागिता थियो । कार्यक्रमको सञ्चालन क्याम्पस प्रमुख डा. तारा प्रसाद गौतमले गर्नुभएको थियो
प्रकाशित मिति : मंगलबार, साउन ३ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्